प्रदेश १ इन्चार्ज गोपाल किरातीलाई कारवाही गर्न १८ पोलिटब्युरो सदस्यले प्रचण्डलाई लेखे पत्र
काठमाडौं, २३ माघ । माओवादी केन्द्रका नेता एवम् प्रदेश १ का इन्चार्ज गोपाल किरातीलाई कारबाही गर्न माग गरिएको छ । माओवादी केन्द्रका १८ जना पोलिटब्युरो सदस्यहरुले किरातीलाई अनुशासनको कारवाही गर्न माग गरेका हुन् । आगामी २५ र २६ गते तय भएको प्रदेश सचिवालयको बैठक किरातीको नेतृत्वमा नबस्ने भन्दै उनीहरुले पार्टी अध्यक्ष प्रचण्डलाई बैठकको अध्यक्षता गरिदिन अनुरोध समेत गरेका छन् ।
१८ पोलिटब्युरो र एकजना सचिवालय सदस्य गरी १९ जना नेताहरुले प्रचण्डलाई पत्र नै लेखेर किरातीलाई कारवाहीको माग गरेका हुन् । पत्रमा लेखिएको छ, ‘क. साइँलाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको निर्णयको उल्लंघन गरेको, जिम्मेवारी बहन नगरेको र वाम गठबन्धनविरुद्ध बिभिन्न कृयाकलाप गर्दै हिँडेकोले उहाँकै नेतृृत्वमा उक्त बैठक बस्नु अनुचित देखिन्छ ।’ पत्रमा थप लेखिएको छ, ‘निर्वाचनमा पार्टीको निर्णय उल्लंघन गर्ने, जिम्मेवार ठाउँमा रहेर जिम्मेवारी पूरा नगर्ने, गठबन्धनविरुद्ध जाने कुनै पनि पार्टी सदस्यमाथि अनुशासनको कारवाही हुन्छ र हुनुपर्दछ ।’
किरातीलाई कारबाहीको माग गर्ने पोलिटव्यूरो सदस्यहरुमा श्रीप्रसाद जवेगु, हेमराज भण्डारी, पेसल खतिवडा, मुकसामहाङ मेन्याङवो, झलकसिंह दर्लामी, शेरबहादुर बस्नेत, धर्मशिला चापागाईं र हर्क नेम्वाङ रहेका छन् ।
त्यस्तै राजु आचार्य, गोपी अछामी, रामकुमारी चौधरी, बाबुराम गौतम, सुदन किराती, विरेन्द्र शर्मा, गणेश उप्रेती, डम्बर सुवेदी, दुर्गा चापागाइँ र अरुण सुन्दासको नाम पनि किरातीलाई कारवाहीको माग गर्दैै लेखिएको पत्रमा उल्लेख छ ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












