नेविसंघ अध्यक्षको मृत्युपछि पोखराको बगरक्षेत्र तनावग्रस्त, ६ विद्यार्थी प्रहरी नियन्त्रणमा
पोखरा, २३ माघ । नेविसंघ अध्यक्षको मृत्युपछि पोखराको बगरक्षेत्र तनावग्रस्त बनेको छ । बगरस्थित पृथ्वीनारायण क्याम्पस क्षेत्र विहानैदेखि तनावग्रस्त बनेको हो । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेबिसंघले आफ्ना कार्यकर्ता मृत्युको विषयलाई लिएर प्रदर्शन गरेपछि बगरक्षेत्र तनावग्रस्त बनेको हो।
संघका स्याङ्जा पृथ्वीनाराण क्याम्पस सम्पर्क समितिका सभापति बोधराज ढकाललाई सोमबार साँझ ग १ ख ६६७७ नम्बरको माइक्रो बसको ठक्कर दिँदा ज्यान गएको थियो । उनको मृत्युपछि मंगलबार बिहानैदेखि तनाव सिर्जना भएको हो । विद्यार्थी र प्रहरीबीच पटकपटक झडप भएको छ । झडपका क्रममा प्रहरीले कपिलदेव रानाभाटसहित ६ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । प्रदर्शनमा व्यापक दमन गरिएको नेबिसंघले आरोप लगाएको छ।
प्रदर्शनका कारण अहिले पृथ्वीनारायण क्याम्पस वरपरको बगर क्षेत्र तनावग्रस्त छ। कोठामा जाँदै गर्दा माइक्रो बसले ठक्कर दिएका ढकालको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । ठक्कर दिने गाडी प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको कास्की प्रहरीका प्रबक्ता खड्कबहादुर खत्रीले जानकारी दिए । विद्यार्थीहरुले गाडी चालकले जानीजानी किचेर मारेको आरोप लगाएका छन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












