सभामुख र मुख्यमन्त्री निर्वाचनः कांग्रेस मौन, वाम र मधेशी गठबन्धन चुनावी चटारोमा
काठमाडौं, २३ माघ । ७ वटै प्रदेशको संसद् बैठक सम्पन्न भएको छ । सोमबार १ र ४ प्रदेशको संसद बैठक बसेसँगै सातवटै प्रदेशका संसद बैठक सम्पन्न भएका हुन् । यससँगै अब सवै प्रदेशहरुमा सभामुख–उपसभामुख तथा मूख्यमन्त्री चयनमा दलहरुको ध्यान केन्द्रीत भएको छ ।
दलहरुले माघ २७ देखि फागुन ३ भित्रमा सभामुख चयन गरिसक्नेछन् । प्रदेशको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख, उपसभामुख र पहिलो बैठक बसेको ३० दिनभित्र मुख्यमन्त्री चयन गरिसक्नुपर्ने प्राबधान भएकाले अबको १५ दिनभित्र दलहरुले सभामुख, उपसभामख चयन गरिसक्नुपर्ने संबैधानिक बाध्यता छ । तर, दलहरुमा सभामुख र उपसभामुख भन्दा पनि मुख्यमन्त्रीको बहस बढी हुने गरेको छ ।
सातवटै प्रदेशमा सभामुखको निर्वाचन मिति तय भएपनि मुख्यमन्त्रीका लागि भने दोस्रो बैठकपछि मात्रै मिति निश्चित हुनेछ । दलहरुले कतिपय प्रदेशमा संसदीय दल गठन प्रक्रिया सम्पन्न गरेका छन्। कतिपयमा विवादका कारण मतदानको मिति तय गरेका छन्। संवैधानिक व्यवस्था अनुसार संसदीय दलको नेता नै मुख्यमन्त्रीको समेत उम्मेदवार हुने भएपछि दलको नेतामा मुख्यमन्त्रीका दाबेदारको तीव्र प्रतिस्पर्धा छ। संसदीय दलको निर्वाचनले नै मुख्यमन्त्रीको खाका कोर्नेछ। यसर्थ मुख्यमन्त्रीमा आकांक्षी धेरै छन्।
मुख्यमन्त्री मात्र हैन सभामुखको आकांक्षी व्यवस्थापन पनि दलहरुलाई चुनौती बनेको छ। एक प्रदेशमा एकै दलका एकभन्दा बढी आकांक्षी भएपछि दलहरु अहिले आन्तरिक गृहकार्यमा छन्। सात प्रदेशमध्ये हालसम्मको समीकरणमा नेपाली कांग्रेस मुख्यमन्त्री र सभामुख दुबै पदबाट बञ्चित हुने देखिन्छ।
वाम गठबन्धनले सातमध्ये ६ प्रदेशमा मुख्यमन्त्री र सभामुख पद भागवण्डा गरेका छन्। प्रदेश २ पनि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीबीच मुख्यमन्त्री र सभामुख एक÷एक पद लिने सहमति छ। सहमति अनुसार प्रदेश १, ३, ६ र ७ मा एमालेले सभामुख पाउँनेछ। प्रदेश ४ र ५ मा माओवादी केन्द्रले सभामुख पाउँनेछ। प्रदेश २ मा राजपाले सभामुख पाउँनेछ।
प्रदेश १ मा सभामुख र मुख्यमन्त्रीको क कसको दाबीः
प्रदेश १ मा एमालेले सभामुख र मुख्यमन्त्री दुवै आफैले पाउनेगरी तयारी थालेको छ । प्रदेश नम्बर १ को दोस्रो बैठक माघ २९ मा बस्ने र त्यहि बैठकले सभामुख चयन गर्ने तयारी छ । तर, यो प्रदेशमा एमालेले कसलाई सभामुख बनाउने भन्ने कुनै निर्णय नै गरिसकेको छैन । सभामुखमा एमालेका गणेश काङबाङ र उषाकला राईको दाबी छ। काङबाङ र राई दुबै पहिलो संविधान सभाका सदस्य हुन्।
पार्टीमा फरक फरक समूहको प्रतिनिधित्व गर्ने काङबाङ अध्यक्ष ओलीनिकट मानिन्छन् भने राई माधव नेपाल समूह निकट छिन्। प्रदेश १ मा एमालेको एकल बहुमत छ । एमालेले माघ २६ गते संसदीय दलको नेता छान्न निर्वाचन गर्दैछ । प्रदेश १ मा एमालेमा संसदीय दलको नेता बन्न केन्द्रीय सचिव भीम आचार्य, पोलिटब्यूरो सदस्य शेरधन राई र केन्द्रीय सदस्य जीवन घिमिरेबीच प्रतिश्पर्धा हुने देखिन्छ । अहिलेसम्म यी तिनैजनाले संसदीय दलको नेतामा आफुलाई दावी गरेका छन् ।
प्रदेश २ मा राजपा र फोरमबीच प्रतिस्पर्धाः
प्रदेश २ मा मधेशवादी दलहरुले सरकार बनाउने तयारी थालेका छन् । फागुन २ गते बस्ने संसद् बैठकले सभामुख चयन गर्नेछ । यो प्रदेशमा संघीय समाजबादी फोरमले मुख्यमन्त्री पाउने सहमति २ दलबीच भएकाले सभामुख राजपा नेपालको निश्चित जस्तै छ । सभामुखका लागि राजपा नेपालले कसलाई अघि सार्ने हो त्यो भने सार्वजनिक गरिसकेको छैन । तर यद्यपी यो प्रदेशमा राजपा नेपालले महासचिव मनिष सुमनलाई सभामुख बनाउने चर्चा चलेको छ । यद्पी यसबारे निर्णय भईसकेको छैन् । केही दिनभित्रमा निर्णय हुने राजपाले जनाएको छ । संघीय समाजबादी फोरमले लालबाबु राउतलाई संसदीय दलको नेता बनाउने घोषणा गरिसकेको छ । यो प्रदेशमा राउत नै मुख्यमन्त्री हुने पक्का छ ।
प्रदेश ३ मा सभामुख र मुख्यमन्त्रीमा क-कसको दाँबीः
प्रदेश ३ मा एमालेले मुख्यमन्त्री र सभामुख दुँबै आफ्नै पार्टीबाट बनाउने तयारी गरेको छ । सभामुखको निर्वाचन माघ २७ गतेलाई तोकिएको छ । मुख्यमन्त्रीमा एमालेबाट अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे मुख्य दाबेदार छन्। दुईमध्ये एक मुख्यमन्त्री भई अर्कोले सभामुख दाबी गरेमा सभामुखमा अन्यको सम्भावना कम रहनेछ।
अहिलेसम्म प्रदेश ३ मा ज्येष्ठ सदस्य डोरमणि पौडेल नै सभामुखका प्रमुख आकांक्षी हुन्। रामेश्वर फुँयाल, अरुण नेपाललगायतले पनि सभामुखमा आकांक्षा भने राखेका छन्। यो प्रदेशमा सबैभन्दा बढी प्रदेशसभा सदस्य (५८ जना) एमालेकै रहेका छन् ।
प्रदेश ४ मा एमालेले मुख्यमन्त्री र माओवादीले सभामुख पाउनेः
प्रदेश ४ मा प्रदेशसभा सभामुख चयनका लागि फागुन ३ गते निर्वाचन हुने भएको छ । सभामुखको लागि माओवादी केन्द्रकी आशा कोइराला मुख्य दावेदार छिन् । त्यस्तै नेत्र अधिकारी र लेखबहादुर थापा पनि सभामुखका दाबेदार छन्। तर, पूर्वमन्त्री कोइरालाको सम्भावना बलियो छ।
प्रदेश ५ को सभामुख माओवादीको भागमाः
प्रदेश ५ को सभामुखको भागवण्डा माओवादीको भागमा छ। माओवादीका सुदर्शन बराल, कुलबहादुर केसी, दामा शर्मा र कृष्णध्वज खड्का मुख्य आकांक्षी छन्। माओवादीले औपचारिक रुपमा सभामुखबारे निर्णय गरिसकेको छैन। ५ नम्बर प्रदेशमा फागुन २ गते सभामुखको निर्वाचन हुनेछ । मुख्यमन्त्रीमा भने एमाले नेता शंकर पोखरेल मैदानमा उत्रिसकेका छन् । पोखरेल यसअघि नै संसदीय दलको नेता छानिसकेकाले उनी मुख्यमन्त्री हुने पक्का जस्तै भएको छ ।
प्रदेश ६ मा एमाले सभामुख, माओवादी मुख्यमन्त्रीः
प्रदेश ६ को सभामुख निर्वाचन माघ २९ गते हुँदैछ । यो प्रदेशको सभामुख एमालेले बनाउनेछ । त्यसको लागि एमालेका यामलाल कँडेल र प्रकाश ज्वाला दुबैले दाबी गरेका छन्। यसअघि मुख्यमन्त्रीमा आकांक्षा राखेका दुबै भागवण्डामा मुख्यमन्त्री माओवादीले पाएपछि सभामुखको दाबीमा छन्। यो प्रदेशमा मुख्यमन्त्रीका लागि माओवादी केन्द्रका तर्फबाट महेन्द्रबहादुर शाही र नरेश भण्डारी चर्चामा छन् । ६ नम्बर प्रदेशमा ४० जना सांसदको प्रतिनिधित्व रहेको छ ।
प्रदेश ७ मा मुख्यमन्त्री माओवादी र सभामुख एमालेः
प्रदेश ७ को सभामुख निर्वाचनको मिति माघ २९ गतेलाई नै तोकिएको छ । एमाले र माओवादीबीच भएको सहमति अनुसार सभामुख एमालेको भागमा परेको छ । मुख्यमन्त्री भने माओवादीले पाएको छ। जहाँ त्रिलोचन भट्ट संसदीय दलको नेतामा चयन भइसकेका छन्। एमालेका तारा लामा, दीर्घ सोडारीलगायत सभामुखका दाबेदार छन्। तर आधिकारिक निर्णय आइसकेको छैन ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












