ओलीको चाहानाः अबको पाँच वर्ष पार्टी अध्यक्ष र प्रधामन्त्री आफैं बन्ने
काठमाडौं, २३ माघ । एमालेले कुनै पनि हालतमा पार्टी अध्यक्ष र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्ने अडानमा रहेको छ । पार्टी एकतापछि बन्ने एकिकृत पार्टीको अध्यक्ष माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दिनुपर्ने कुरा उठिरहेका बेला एमालेले भने यस्तो अडान कायम राखेको हो ।
जसले गर्दा पार्टी एमाले माओवादीबीचको पार्टी एकता र नयाँ सरकार गठन प्रक्रियामा ढिलाई भईरहेको नेताहरुले बताएका छन् । एमाले अध्यक्ष केपी ओली जुनसुकै हालतमा पनि एकीकृत पार्टीको अध्यक्ष र प्रधानमन्त्री आफैं बन्ने अडानमा रहेका छन् । गत असोजमा भएको सहमति अनुसार प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा पद प्रचण्डलाई दिनुपर्नेछ । तर एमाले अध्यक्ष ओली भने उक्त सहमतिबाट ‘ब्याक’ भएको माओवादी नेताहरुले बताएका छन् ।
पार्टी र सरकारको नेतृत्व एउटै व्यक्तिमा अन्तरनिहीत हुनुपर्छ भन्ने एमाले महासचिव ईश्वर पोखरेलकै लाइनमा ओली उभिएपछि माओवादी नेता झस्किएका छन् । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच माघ दोस्रो साता वान टु वान वार्ता भएको थियो । लगतै ओली निबास बालकोटमा बसेको पार्टी एकता संयोजन समितिको बैठकमा दुबै नेताले आफूहरुबीच अनौपचारिक छलफल आवश्यक भएको सुनाए ।
‘केपी ओलीजीले महाधिवेशनपछि मात्रै अध्यक्ष पद हस्तान्तरण गर्छु भन्नुभयो, प्रधानमन्त्री पनि आफैं चलाउँछु भन्नुभयो’ दुई पार्टीवीचको एकता प्रक्रियामा सहभागी हुँदै आएका एक माओवादी नेताले भने, ‘ओलीजीले मुलुक र पार्टीलाई एउटा दिशानिर्देश गरिसकेपछि मात्रै अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्ने ईच्छा प्रकट गर्नुभएको छ ।’
ओलीले आफ्नो दिशानिर्देश अनुसार पार्टी र देशलाई अगाडि बढाएर राजनीतिक विश्राम लिने योजना बनाएका छन् । अहिले शक्ति विभाजन गरेमा आफ्नो योजना अनुसार देश अगाडि बढ्न नसक्ने भन्दै ओली जस्तो सुकै हालतमा पनि पार्टी अध्यक्ष र प्रधानमन्त्री पद नछाड्ने संकेत दिएका हुन् । ओलीको यस्तो अडानले कतै बन्ने लागेको पार्टी एकता पनि भाडिन लागेको त होईन् ? माओवादी पार्टीभित्र शंका पैदा भएको छ ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...












