कोमल वलीले प्रदेशसभा बैठकमा उपरखुट्टी लगाउँदा किन भयो कोलाहाल ?
काठमाडौं, २४ माघ । जहाँ कोमल वली त्यहाँ लफडा ! गर्न मिल्ने नमिल्ने सबै कुरामा अघि सर्ने, उनलाई देखेर कर्मचारीहरु नर्भस हुने १ यस्तो रमिता देखियो, प्रदेश नम्बर ५ को पहिलो प्रदेशसभा बैठक कक्षभित्र । नबोलाइएकी र आउनुपर्ने सूचीमा पनि नभएकी गायिका वली २१ गते दिउँसो १ बजे बुटबलस्थित बैठकस्थलमा देखा परिन् । उनी सोही प्रदेशबाट राष्ट्रिसभा निर्वाचनमा एमाले उम्मेदवार हुन् ।
अर्को उम्मेदवारी नपरेका कारण निर्विरोध निर्वा्चित भइसकेकी छन् । तर, निर्वाचन आयोगले मत परिणाम घोषणा गरेर शपथ नलिउञ्जेलका लागि वैधानिक राष्ट्रियसभा सदस्य हैनन् । तर, पहिलो प्रदेशसभा बैठकमा उपरखुट्टी लगाएर रमिता देखाइन् । एकातिर कोमल त्यस्तो रमिता देखाउने, अर्कातिर कर्मचारीहरु ‘लरी लरी’को तालमा मच्चिने ।
राष्ट्रिय गानका लागि सभासद् उठिसके । एउटा पेनड्राइभ हाल्नुपर्नेमा अर्कै हालेछन् । त्यसपछि गाउँछन् गीत नेपाली ज्यातिको पंख उचाली बजेपछि कोमल मुख छोपेर हाँसिन् । अरु सभासद् सीटमा बस्न थाले । एकजना टेक्निसियनले हत्तपत्त गीत बन्द गरेर अर्को पेनड्राइभ हालेपछि बल्ल ‘सयौं थुङ्गा ‘’ बज्यो । फेरि सबै उठे ।
यतिबेलासम्म कोमलको अनुहारचाहिँ हाँसी९खुशी नै थियो । पहिला सभासद् बस्नेभन्दा पछाडि रहेको दर्शक दीर्घामा देखापरिन् । संसद् सचिवालयका कर्मचारीले त्यहाँबाट विशिष्ट अतिथि बस्ने दीर्घामा राख्न महिला मर्यादापालकलाई खटाए ।
महिला मर्यादापालकले ‘म्याम, हजुरको सीट यता हो’ भन्दै विशिष्ट अतिथि बस्ने ठाउँ देखाए । तर, एमालेकै सभासदहरुले ‘हैन, हैन । अहिले उहाँ त्यता बस्ने हो’ भन्दै कर्मचारीहरु बस्ने दिर्घाति देखाए । कोमल यता र उता भइन् । मर्यादापालकले बैठकक्षभित्र धेरै उभिन नपाइने भनेपछि उनी कर्मचारीहरु बस्ने दीर्घामै थचक्क बसिन् । बस्न त बसिन् । तर, घरी मोबाइलबाट सेल्फी खिच्ने, घरी मोबाइलमै ऐना हेरेर लिपिस्टिक मिलाउने गर्न थालिन् । जनआस्था साप्ताहिकमा खबर छ ।
‘म्याम यहाँ यस्तो मिल्दैन’ भनेर मर्यादापालकले सम्झाएपछि मोबाइल लुकाइन् । एकछिनपछि उपरखुट्टी लगाएर बसिन् । अर्का मर्यादापालकले गएर भने, ‘हजुर खुट्टा ‘ मिलेन हजुर !’ खुट्टा तल झारिन् । अधिकांश सभासद् सभामुखतिर हेरिरहेका थिए, तर केही सभासद्चाहिँ बैठकमा छिरेदेखि निस्किँदासम्म कोमल वलीबाहेक केही नहेरी फर्किए ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












