सरकारबाट बाहिरिने तयारीमा रहेको कांग्रेसले आकस्मिक रुपमा किन बोलायो केन्द्रीय समिति बैठक ?
काठमाडौं, २६ माघ । नेपाली कांग्रेसले आज केन्द्रीय कार्य समितिको आकस्मिक बैठक बोलाएको छ । सरकारबाट बाहिरिने तयारीमा रहेको कांग्रेसले आकस्मिक रुपमा केन्द्रीय समितिको बैठक बोलाएको हो । बैठक बिहान ९ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ ।
प्रदेशसभा गठन र सन्चालन सम्वन्धी विधान बैठकको एजेण्डा रहेको प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । ‘संसदीय दलको विधानको विषयमा छलफल गर्न भनेर बैठक बस्न लागेको हो,’ उनले भने ।
बैठकमा डा. मिनेन्द्र रिजालले विधानको मस्यौदा प्रस्तुत गर्ने र त्यसलाई छलफल गरी पारित गर्ने कार्यतालिका रहेको छ । बैठकमा नयाँ सरकार गठन, प्रतिनिधिसभाको समानुपातिक, सिट बाँडफाट, प्रदेश सरकारका पदहरुमा उम्मेदवारीलगायतका विषयमा समेत छलफल हुने बताईएको छ ।
राष्ट्रियसभा निर्वाचनको परिणामसमेत आइसकेकाले अब नयाँ सरकार गठनको बाटो खुलेकाले सरकारबाट राजीनामा दिने कि नदिने भन्ने विषयमा पनि छलफल हुने अनुमान छ । कतिपय कांग्रेस नेताहरुले भने सरकार कामचलाउ भइसकेकाले प्रधानमन्त्रीले राजीनामा दिइराख्नु नपर्ने बताउँछन् ।
Comments
अरु समाचार
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...












