प्रदेश १ को मुख्यमन्त्री छान्न एमालेभित्र आज चुनाव, तीन जनाको भिडन्त रोचक बन्ने
विराटनगर, २६ माघ । प्रदेश १ मा एमालेको संसदीय दलको नेता छान्न आज चुनाव हुँदैछ । नेताहरुबीच सहमति हुन नसकेपछि आज चुनाव हुन लागेको हो । तीनजना नेताहरु भीम आचार्य, शेरधन राई र जीवन घिमिरे संसदीय दलको नेताको दाबीका साथ मैदान उत्रिएका छन् । विधान अनुसार जो संसदीय दलको नेता हुन्छ त्यही सो प्रदेशका मुख्यमन्त्री पनि हुन्छ । यी तीनै नेता मुख्यमन्त्रीको दाबीका साथ मैदानमा उत्रिएपछि संसदीय दलको नेता छान्न सकस देखिएको हो । संसदीय दलको नेता नै मुख्यमन्त्रीको उम्मेदवार हुने भएकाले तीनैजना नेताहरु आन्तरिक लविङमा जुटेका छन् ।
एमाले भित्र देखिएको गुटगत राजनीतिले मनोनयन दर्ता गर्ने समय बिहान ११ बजेसम्म कुन मोड लिन्छ यसै भन्न सकिने अबस्था छैन । आचार्य र घिमिरे नेपाल पक्षका तथा राई ओली पक्षमा हुन् । ओली पक्षका नेता भानुभक्त ढकाल राईलाई मुख्यमन्त्री बनाउन केही दिनदेखि बिराटनगरमा नै बसेका छन् ।
नेपाल गुटका योगेश भट्टराई पनि विराटनगरमा आएर आचार्यको पक्षमा लविङ गरेका छन् । तर जीवन घिमिरेको पक्षमा भने अहिलेसम्म कोही पनि त्यसरी खुलेरै लागेको देखिँदैन । चुनावको बेलासम्म घिमिरेले आफ्नो नाम फिर्ता लिन सक्ने सम्भावना बलियो रहेको बताईन्छ । तर घिमिरे आफू चुनावमै जाने दाबी गर्दै आएका छन् । घिमिरेले आफ्नो नाम फिर्ता लिएपनि कसलाई समर्थन गर्ने भन्नेमा अझै खुल्न सकेका छैनन् ।
केन्द्रीय नेताहरुले आफ्ना निकटका नेताहरुलाई समाएर बस्दा १ नम्बर प्रदेशमा मुख्य मन्त्री छान्ने बिषय पेचिलो बनेको हो । शेरधन राईलाई जिताउनको लागि जीवन घिमिरेलाई गोटीको रुपमा अघि सारिएको केही नेताहरु बताउँछन् । १ नम्बर प्रदेशमा नेपाल निकटका ३१ जना रहेको बताईरहँदा तीनैजना चुनावमा जाँदा राईको पक्षमा मत बढ्ने आँकलनले घिमिरेलाई गोटीको रुपमा अघि सारिएको हुनसक्ने एमाले श्रोत बताउँछ ।
माओवादी संसदीय दलको नेतामा टंक आङबुहाङः
प्रदेश १ को समितिको निर्णय अनुसार माओवादी केन्द्रले १ नम्बर प्रदेश संसदीय दलको नेतामा ताप्लेजुङका प्रदेश सभा सदस्य टंक आङबुहाङलाई छानेको हो । क्यानका पूर्व अध्यक्ष समेत रहेका आङ्बुहाङ अन्तरिम संसदका सदस्य समेत रहेका थिए । त्यस्तै माओवादी केन्द्रले ईन्द्रवहादुर आङ्बोको नेतृत्वमा प्रदेश सरकार जाने निर्णय गरेको छ ।
संसदीय दलको नेता र सरकारमा जाने ब्यक्तिको टुङ्गो लागेसँगै उपसभामुखको बिषयमा माओवादीले टुंग्याउन सकेको छैन । एमालेले सभामुखमा पुरुष दियो भने उसले महिला दिने तयारी गरेको छ भने एमालेले सभामुखमा महिला दिँदा माओवादी केन्द्रले उपसभामुखमा पुरुष दिनेगरी आन्तरिक गृहकार्य गरेको छ । यसरी हेर्दा एमालेले सभामुखको टुंगो नलगाउँदा सम्म माओवादीले उपसभामुखको टुंगो लगाउन नसक्ने देखिएको छ ।
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...











