प्रदेश ३ को एमाले दलको नेता डोरमणि पौडेल विजयी, ओलीले घात गरेको अष्टलक्ष्मी आरोप
काठमाडौं, २६ माघ । एमाले प्रदेश ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा आफ्ना प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्यलाई १० मतले पराजित गर्दै संसदीय दलको नेतामा विजयी भएका हुन् ।
यससँगै उनलाई प्रदेश ३ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । दलको चुनावमा ५८ मत खसेकोमा पौडेलले ३४ मत पाए भने पार्टी उपाध्यक्ष समेत रहेकी शाक्यले २४ मत मात्र पाइन् । पौडेल संस्थापन पक्षका हुन् भने शाक्य माधव नेपाल समुहकी हुन् ।
दलको नेता चयन भएपछि पौडेलले लोकतान्त्रिक पद्धति अनुसार चुनाव भएकाले यसलाई सहज रुपमा लिनु पर्ने बताए । प्रदेश ३ भावी मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले स्थानीय तह र केन्द्र सरकारबीच पुलको रुपमा काम गर्ने बताए । प्रदेश ३ मा एमालेका ५८ सांसद छन् ।
यसैवीच संसदीय दलको नेतामा पराजय भोगेकी शाक्यले आफूविरुद्ध पार्टी अध्यक्ष केपी ओलीले गुटबन्दी गरेको आरोप लगाइन् । ओलीले गरेको षडयन्त्रका कारण आफुले हार व्यहोर्नु परेको भन्दै यो पार्टी र केपी ओलीका लागि नै घातक हुने चेतावनी दिइन् । उनले आफुलाई हराउन अध्यक्ष ओली लागेर समग्र महिला आन्दोलनकै अपमान गरेको बताइन् ।
Comments
अरु समाचार
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...












