सिरहामा फेरि अर्को अमानवीय हर्कतः गोठमा पराल हाल्न गएकी ११ वर्षीया बालिका बलात्कृत
सिरहा, २७ माघ । सिरहामा गोठमा पराल हालन गएकी एक बालिका बलात्कृत भएकी छन् । जिल्लाको सिरहा नगरपालिकाकी ११ वर्षीया बालिका बलात्कृत भएकी हुन् । बालिका बलात्कारको घटना गाउँमै मिलाउने प्रयत्न गरेपनि रक्तश्राव नरोकिएर अवस्था गम्भिर भएर अस्पताल ल्याएपछि मात्र तीन दिनपछि घटना सार्वजनिक भएको हो ।
घर नजिकै रहेको गोठमा बस्तुभाउलाई पराल हाल्न गएकी बालिकालाई स्थानीय २४ वर्षीय सुरेश ठाकुरले बिहीबार साँझ मुख थुनेर बलात्कार गरेका हुन् । बलात्कारपछि अत्यधिक रक्तश्राव हुँदा उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सिरहा ल्याइएको थियो । सिरहा अस्पतालमा उपचार गर्दा पनि रक्तश्राव नरोकिएपछि थप उपचारका लागि लहान पठाइएको सिरहा अस्पतालले जनाएको छ । बालिकाको लहानमा उपचार जारी रहेपनि रक्तश्राव नरोकिएको परिवारजनले जनाएको छ ।
उपचारमा रहेकी बालिकाको कुरुवा बसेका आफन्तले भने ‘बोल्न समेत अप्ठ्यारो छ, चिकित्कसकले पनि नबोल्न भनेका छन् ।’ पीडित परिवारका अनुसार आरोपी युवकले मदिरा सेवन गरेर बलात्कार गरेका हुन् । आरोपी ठाकुर फरार रहेकाले पक्राउ पर्न सकेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाका अनुसार बलात्कारमा संलग्न ठाकुर फरार रहेकाले पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । ‘पीडित परिवार बालिकाको उपचारमा लागेकाले किटानी जाहेरी पनि परेको छैन’ प्रहरी उपरीक्षक कोइरालाले भने ‘जाहेरी परेपछि फरार रहेका ठाकुर विरुद्ध मुद्दा दर्ता गरी कारबाहीको प्रकृया अगाडि बढाउने छौं ।’ ‘घटनाको सूचना पाए लगत्तै ठाकुरलाई पक्राउ गर्न प्रहरी टोली पुग्नु अगावै बाबु रामलखन ठाकुर र दाजु जमिन ठाकुरले भगाएछन्’ प्रहरी उपरीक्षक कोइरालाले भने ‘मुख्य आरोपी फरार गराइएपछि तत्काल अनुसन्धानका लागि मतियारको काम गर्ने बाबु र दाजुलाई नियन्त्रणमा लिएका छौं ।’
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












