कञ्चनपुरको बनदेवी मन्दिरमा जोगीहरुबीच विवाद हुँदा एक जोगीको हत्या, अर्का जोगी पक्राउ
कञ्चनपुर, २७ माघ । एक सन्यासी (जोगी) हत्या आरोपमा अर्का सन्यासी (जोगी) पक्राउ परेका छन् । कृष्णपुर नगरपालिका वडा नं. ४ मा रहेको प्रसिद्ध बनदेवी मन्दिरमा बस्दै आएका दुई सन्यासी (जोगी) हरुबीच भएको विवादमा जोगी चन्द्र गिरीको हत्या भएको थियो । उनको हत्या गरी फरार भएका अर्का सन्यासी नारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
सन्यासी–सन्यनसीविच शुक्रवार विवाद हुँदा सन्यासी चन्द्र गिरीको हत्या गरी फरार रहेका आरोपी चौधरीलाई कैलालीको अत्तरिया बजारबाट शनिबार एकाबिहानै पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायव निरीक्षक मणि भट्टले जानकारी दिनु भयो । अन्दाजी ३२ वर्षीय नारायण चौधरीले वर्ष ४५ का चन्द्र गिरीको चिर्पट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
त्यहाँ रहेका अन्य आधा दर्जन महात्माहरु आरती गर्न व्यस्त रहेकै समयमा शुक्रबार साँझ ती दुई जना महात्माबीच एक आपसमा झगडा भएको थियो । हत्या पश्चात नारायण चौधरी नजिकैको लालझाडी बन हुँदै फरार भएको भन्दै प्रहरीले उनको खोजीका लागि व्यापक प्रहरी परिचालन गरेको थियो ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












