ओलीको सत्ता ‘कमव्याक’ को तयारीकै बेला ३ शक्ति राष्ट्रका आर्मी प्रमुखहरू नेपालमा
काठमाडौं, २७ माघ । नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनैलाग्दा नेपालमा विदेशी चलखेल बढेको छ । नेपालको राजनीतिमा हस्तक्षेप गर्दै आएका विदेशी शक्तिहरु फेरी सक्रिय हुन थालेका हुन् । वर्तमान सरकारको वहिर्गमन र नयाँ सरकारको गठन प्रक्रिया नजिकिँदै जाँदा नेपालमा यसै साता तीन वटा शक्ति राष्ट्रका सेना प्रमुखहरुले भ्रमण गरिरहेका छन् । यतिबेला अमेरिका, बेलायत र भारतको आर्मीका उच्च ओहदाका अफिसरले नेपालमा रहेका छन् ।
बेलायती आर्मी चिफ निकोलस प्याट्रिक कार्टर बुधबार नेपाल आएका हुन्। उनले शुक्रबार नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग कार्यालयमै गएर भेट गरेका थिए । कार्टर पोखरामा हुन लागेको गोर्खा रिक्रुटको परेडमा भाग लिन नेपाल आएको बताइएको छ। उनी ४ दिनको नेपाल बसाइपछि आउँदो सोमबार बेलायत फर्किंदै छन्। त्यस्तै अमेरिकी चार तारे जर्नेल तथा प्यासिफिक कमान्डर रोबर्ट ब्रुक्स ब्राउन बिहीबार राति नेपाल आइपुगेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । नेपाल बसाइका क्रममा उनले वरिष्ठ नेताहरूलाई पनि भेट्दै छन्। तर, कसलाई भेट्दै छन् भन्ने खुलाइएको छैन।
यस्तै, भारतीय आर्मी चिफ विपीन राउत शिवरात्रीको दिन काठमाडौंको टुँडीखेलमा मनाइने सेना दिवसको कार्यक्रममा भाग लिन नेपाल आउन लागेको भारतीय मिडियाले जनाएका छन् । नेपाल भ्रमणमा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र रक्षामन्त्री भीमसेन दास प्रधानलाई भेट्दै छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्नुअघि तीन देशका उच्च आर्मी अफिसरको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले भारतीय रक्षा मन्त्रालयको एक पदाधिकारीको भनाइ उद्धृत गर्दै भनेको छ, ‘नयाँ कम्युनिस्ट सरकार गठन अगाडि तीन देशका आर्मीका उच्च पदाधिकारीको नेपाल आगमनले भौगोलिक रणनीतिको महत्व उजागर गरेको छ।’
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












