ओलीको सत्ता ‘कमव्याक’ को तयारीकै बेला ३ शक्ति राष्ट्रका आर्मी प्रमुखहरू नेपालमा
काठमाडौं, २७ माघ । नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनैलाग्दा नेपालमा विदेशी चलखेल बढेको छ । नेपालको राजनीतिमा हस्तक्षेप गर्दै आएका विदेशी शक्तिहरु फेरी सक्रिय हुन थालेका हुन् । वर्तमान सरकारको वहिर्गमन र नयाँ सरकारको गठन प्रक्रिया नजिकिँदै जाँदा नेपालमा यसै साता तीन वटा शक्ति राष्ट्रका सेना प्रमुखहरुले भ्रमण गरिरहेका छन् । यतिबेला अमेरिका, बेलायत र भारतको आर्मीका उच्च ओहदाका अफिसरले नेपालमा रहेका छन् ।
बेलायती आर्मी चिफ निकोलस प्याट्रिक कार्टर बुधबार नेपाल आएका हुन्। उनले शुक्रबार नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग कार्यालयमै गएर भेट गरेका थिए । कार्टर पोखरामा हुन लागेको गोर्खा रिक्रुटको परेडमा भाग लिन नेपाल आएको बताइएको छ। उनी ४ दिनको नेपाल बसाइपछि आउँदो सोमबार बेलायत फर्किंदै छन्। त्यस्तै अमेरिकी चार तारे जर्नेल तथा प्यासिफिक कमान्डर रोबर्ट ब्रुक्स ब्राउन बिहीबार राति नेपाल आइपुगेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । नेपाल बसाइका क्रममा उनले वरिष्ठ नेताहरूलाई पनि भेट्दै छन्। तर, कसलाई भेट्दै छन् भन्ने खुलाइएको छैन।
यस्तै, भारतीय आर्मी चिफ विपीन राउत शिवरात्रीको दिन काठमाडौंको टुँडीखेलमा मनाइने सेना दिवसको कार्यक्रममा भाग लिन नेपाल आउन लागेको भारतीय मिडियाले जनाएका छन् । नेपाल भ्रमणमा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र रक्षामन्त्री भीमसेन दास प्रधानलाई भेट्दै छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्नुअघि तीन देशका उच्च आर्मी अफिसरको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले भारतीय रक्षा मन्त्रालयको एक पदाधिकारीको भनाइ उद्धृत गर्दै भनेको छ, ‘नयाँ कम्युनिस्ट सरकार गठन अगाडि तीन देशका आर्मीका उच्च पदाधिकारीको नेपाल आगमनले भौगोलिक रणनीतिको महत्व उजागर गरेको छ।’
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











