रक्सीले मात्तेर अर्थमन्त्रीका स्वकीय सचिवले ड्युटीमा रहेका ट्राफिक हवल्दारलाई कुकुर भनेपछि…
काठमाडौं, २७ माघ । ड्युटीमा रहेका एक ट्राफिक हवल्दारमाथि सरकारी कर्मचारीले दुव्र्यवहार गरेका छन् । कालिमाटी चोकमा ड्युटी गरिरहेका एक ट्राफिक हवल्दारलाई सरकारी गाडीमा सवार दुई जनाले शनिवार दुव्र्यवहार गरेका हुन् । ‘ड्युटी राम्रोसँग गर’ भन्दै अनाहक उफ्रिन थालेका ती दुईमध्ये एकजना ओर्लेर हवल्दारलाई लछार पछार पार्न थाले ।
यसरी ट्राफिक प्रहरीलाई लछार पछार पार्ने पोखराका शोभित पराजुली हुन् । अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका स्वकीय सचिव तथा सहोदार भाञ्जा भीष्म बस्नेतले भने गाडी चलाएका थिए । यसरी ड्युटीमा रहेका प्रहरीलाई लछार पछार गर्न थालेपछि दिपेन्द्र तिमल्सिनासहितका स्थानीयहरुले उनीहरु दुवैलाई कालिमाटी प्रहरीमा लगेर बुझाएका छन् ।
प्रहरीले अर्थमन्त्री भाञ्जा र उनका साथी सवार बा१ झ ८२८२ नम्बरको सरकारी गाडी नियन्त्रणमा लिएको छ । शोभित र भिष्म दुवैले मदिरा सेवन गरेको पाइएको छ । बिदाको दिन सरकारी गाडी चलाउनका लागी आवश्यक पास समेत नलिइकन भिष्मले सरकारी गाडीको दुरुपयोग गरेको बताइएको छ । पोखराका शोभित पराजुली र अर्थमन्त्रालयको स्वामित्वमा रहेको टोयोटाको कोरोला एलएक्स कार नियन्त्रणमा लिइएको महानगरीय वृत कालिमाटीले जनाएको छ ।
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












