एक पुरुषद्धारा अर्को पुरुषमाथि बलात्कारको आरोप, प्रहरी देखि सरकार समेत हैरान
ललितपुर, २८ माघ । लामो समयसम्म सहमतिमै यौनसम्बन्ध राख्दै आएका स्वास्थ्य क्षेत्रसम्बद्ध दुई पुरुषबीच असमझदारीपछि घटना ‘बलात्कारी’को आरोप-प्रत्यारोपसम्म पुगेको छ। घटना छताछुल्ल हुन थालेपछि स्वास्थ्य सेवा विभागले छानबिन टोली गठन गर्नुपर्ने अवस्था उत्पन्न भयो। गोदावरी नगरपालिका-५ बस्ने औषधि व्यवसायी जीवन सिलवाल र लेले प्राथमिक स्वास्थ्य चौकीका इन्चार्ज दीपेन्द्र शाहबीच यौनसम्बन्धपछिको मनमुटाव विभाग, स्वास्थ्य चौकी र प्रहरीका लागि टाउको दुखाइको विषय बनेको आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
मनमुटाव उत्कर्षमा पुगेपछि सिलवालले स्वाथ्य चौकी इन्चार्ज शाहविरुद्ध बलात्कारको आरोपसमेत लगाएका छन्। तनाव मत्थर गर्न विभागले साहलाई सरुवा गरेर कालिकोट पुर्यायो। अनैतिक कार्यले यत्रतत्र खासखुसको रूप लिएपछि घटना सामसुम पार्न दुई महिनाअघि दुवैजनालाई छलफलमा पनि डाकियो। उनीहरू छलफलमा आएर अनुचित कार्य गरेकोमा पश्चात्ताप गर्दै गल्ती पनि स्विकारे। त्यसपछि दुवैजनालाई एकै ठाउँ राख्दा झन् समस्या हुने ठानेर विभागले छुट्याउन साहलाई कालिकोट सरुवा गरेको हो।
‘यस्तो अनुचित कार्य सतहमा आएपछि दुवै जनालाई छलफलमा बोलाइयो। उनीहरूले बदमासी पनि स्विकारे। त्यसपछि विभागको रोहबरमा मेलमिलाप गराइयो’, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख झलक शर्मा पौडेलले भने, ‘उनीहरूलाई छलफलमा बोलाउँदा सहमतिमा सम्बन्ध राखेको स्विकारेका थिए। त्यतिबेला दुवैले आनन्द लिने काम गर्यौँ। तर हामीले बदमासी गरेका हौँ भनेर गल्ती महसुस गरे।’ उनीहरूले विभागसमक्ष यस्तो घटनालाई थप अघि नबढाउन आग्रहसमेत गरेका थिए। विभाग टोलीले गरेको छानबिनपछि विवाद साम्य पार्न साहलाई कालिकोट सरुवा गरिएको पौडेलले बताए।
घटना मत्थर हुन नपाउँदै पुनः सिलवालले साहले एक अन्तर्वार्तामा आफूमाथि बलात्कार हुने गरेको आरोप लगाएका छन्। आफू ११ महिनादेखि बलात्कृत हुँदै आएको उनको दाबी छ। एक्लै हुँदा आफूमाथि जबर्जस्ती अप्राकृतिक मैथुन गर्ने गरेकोसमेत उनले बताएका छन्। सिलवालले लेलेमा मेडिकल पसल सञ्चालन गर्दै आएका छन्।
महिलाले गर्भाधान रोक्न प्रयोग गर्ने ‘संगिनी सुई’का कारण उनीहरूबीच असमझदारी भएको लेले चौकी प्रमुख नारायण भण्डारीले बताए। साहले सिलवाललाई स्वास्थ्य चौकीबाट संगिनी सुई दिने गर्थे। सिलवाललाई दिइँदै आएको सुई उपलब्ध गराउन छाडेपछि यौनसम्बन्धको पोल बाहिरिएको हो। ‘संगिनी सुई बंगुरलाई मोटो पार्न गाउँलेलाई बेच्ने गरेको सुन्नमा आएको थियो’, भण्डारीले भने, ‘भित्री कुरा उनीहरूलाई नै थाहा होला।’
सिलवालले सबैलाई सामाजिक रूपमा हैरान पारेको गुनासोसमेत चौकीमा आउने गरेको उनको भनाइ छ। तर सिलवालले मौखिक र अन्तर्वार्तामा समेत आफू बलात्कृत भएको बताए पनि प्रहरीमा जाहेरी भने दिएका छैनन्। तर उनले गत असोज २० गते सोही वडाका रवि सिलवालविरुद्ध आफूमाथि छक्काको आरोप लगाएको भन्दै महानगरीय प्रहरी वृत्त चापगाउँमा जाहेरी दिएका थिए।
त्यसअघि उनले महानगरीय प्रहरी परिसर जावलाखेल र प्रहरी प्रधान कार्यालयमा पनि उजुरी दिएका थिए। जाहेरी परे पनि राष्ट्रिय मानवअधिकार आयोगमा जाने सहमति भएपछि प्रहरी छानबिन अघि नबढेको वृत्तका डीएसपी रवीन्द्र रेग्मीले बताए। ‘सरसर्ती हेर्दा सिलवाल खराब नियतका देखिन्छन्’, उनले भने, ‘किनकि एउटै व्यक्तिविरुद्ध उनले एकपछि अर्को जाहेरी दिँदै हिँडेका छन्। बलात्कारको आरोपमा भने कतै जाहेरी देखिन्न।’
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












