यी हुन् प्रतिनिधिसभामा माओवादीका १७ समानुपातिक सांसद (नामावलीसहित)
काठमाडौं, २८ माघ । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ १७ सिट पाएको छ । प्रत्यक्षमा ३६ र राष्ट्रियसभामा १२ सिट जितेको माओवादीले जम्मा ६७ सिट जितेको छ । र संघीय संसदमा तेस्रो ठूलो दल बनेको छ ।
समानुपातितर्फको सिट निर्धारण गर्दै निर्वाचन आयोगले संविधानको धारा ८४ (८) अनुसार संघीय संसदमा निर्वाचित सदस्य ६५ को एक तिहाइ महिला हुने गरी बन्दसूचीबाट नाम छनोट गर्न माघ भोली (२९) गतेसम्मको म्याद दिएको छ ।
निर्वाचन आयोगले माओवादीबाट कम्तीमा २२ जना महिला निर्वाचित हुनुपर्नेमा ६ जना निर्वाचित भइसकेकाले समानुपातिकको १७ मध्ये १६ सिटमा महिला पठाउन पत्राचार गरेको छ।
प्रतिनिधिसभाकोे प्रत्यक्षतर्फ पम्फा भुसालले ललितपुर–१, बिना मगरले कञ्चनपुर–१ र कमला रोकाले रुकुम पूर्वबाट जितेका छन् भने राष्ट्रियसभामा ३ जना निर्वाचित भएका छन् ।
यी हुन् माओवादीबाट समानुपातिक सांसद् बन्न लागेकाहरुः
माओवादीले समानुपातिकबाट एक जना मात्र पुरुष पठाउन पाउने भएकाले सातवटा क्ल्स्टरको पहिलो नम्बरमा रहेकाहरु मध्येबाट एकजनाको नाम छनोट गर्नुपर्ने भएको छ। खसआर्य कोटाको पहिलो नम्बरमा हितराज पाण्डे, आदिवासी जनजातिको पहिलो नम्बरमा सुनिलकुमार मानन्धर, दलित कोटाको पहिलो नम्बरमा तिलक परियार, थारु क्लस्टरको पहिलो नम्बरमा रामजी चौधरी, मधेसी कोटाको पहिलो नम्बरमा जोगकुमार बरबरिया र मुस्लिम कोटाको पहिलो नम्बरमा हकी कुल्लाह मुसलमान छन् ।
यी हुन् १६ महिलाः
माओवादीले समानुपातिकबाट छनौट गर्ने १६ महिलामध्ये खस आर्य कोटाबाट ५ जना निर्वाचित गर्नुपर्छ। आयोगमा बुझाइएको बन्द सूचीअनुसार रेखा शर्मा, पूर्णकुमारी सुवेदी, धर्मशीला चापागाईं, सत्या पहाडी र सीता पोखरेल सांसद बन्नेछन् ।
आदिवासी जनजाति क्लस्टरबाट जयपुरी घर्ती, शशी श्रेष्ठ, ओनसरी घर्तीमगर, यशोदा गुरुङ र अमृता थापालाई मनोनीत गर्नुपर्छ । त्यस्तै माओवादीले दलित कोटाबाट दुईजना महिलालाई सांसद बनाउनु पर्ने समानुपानिक निर्वाचनसम्बन्धी निर्देशिकाले प्रष्ट पारेको छ। महिलातर्फ दलितको पहिलो नम्बरमा रहेकी अञ्जना विशंखे र दोस्रो नम्बरमा रहेकी दुर्गा विक नै सांसद बन्ने निश्चित छ।
मधेसी समुदायबाट इन्दु शर्मा र बोधमाया यादव छनौट हुनेछन् । माओवादीले थारु वा मुस्लिम कोटामध्ये एउटाबाट मात्र सांसद निर्वाचित गर्न पाउने भएको छ । यस्तो अवस्थामा थारु कोटाको पहिलो नम्बरकी रामकुमारी चौधरी वा मुस्लिम कोटाको पहिलो सूचीकी चाँदतारा कुमारीमध्ये एक छनोट हुनेछन् ।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












