यी हुन् प्रतिनिधिसभामा माओवादीका १७ समानुपातिक सांसद (नामावलीसहित)
काठमाडौं, २८ माघ । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ १७ सिट पाएको छ । प्रत्यक्षमा ३६ र राष्ट्रियसभामा १२ सिट जितेको माओवादीले जम्मा ६७ सिट जितेको छ । र संघीय संसदमा तेस्रो ठूलो दल बनेको छ ।
समानुपातितर्फको सिट निर्धारण गर्दै निर्वाचन आयोगले संविधानको धारा ८४ (८) अनुसार संघीय संसदमा निर्वाचित सदस्य ६५ को एक तिहाइ महिला हुने गरी बन्दसूचीबाट नाम छनोट गर्न माघ भोली (२९) गतेसम्मको म्याद दिएको छ ।
निर्वाचन आयोगले माओवादीबाट कम्तीमा २२ जना महिला निर्वाचित हुनुपर्नेमा ६ जना निर्वाचित भइसकेकाले समानुपातिकको १७ मध्ये १६ सिटमा महिला पठाउन पत्राचार गरेको छ।
प्रतिनिधिसभाकोे प्रत्यक्षतर्फ पम्फा भुसालले ललितपुर–१, बिना मगरले कञ्चनपुर–१ र कमला रोकाले रुकुम पूर्वबाट जितेका छन् भने राष्ट्रियसभामा ३ जना निर्वाचित भएका छन् ।
यी हुन् माओवादीबाट समानुपातिक सांसद् बन्न लागेकाहरुः
माओवादीले समानुपातिकबाट एक जना मात्र पुरुष पठाउन पाउने भएकाले सातवटा क्ल्स्टरको पहिलो नम्बरमा रहेकाहरु मध्येबाट एकजनाको नाम छनोट गर्नुपर्ने भएको छ। खसआर्य कोटाको पहिलो नम्बरमा हितराज पाण्डे, आदिवासी जनजातिको पहिलो नम्बरमा सुनिलकुमार मानन्धर, दलित कोटाको पहिलो नम्बरमा तिलक परियार, थारु क्लस्टरको पहिलो नम्बरमा रामजी चौधरी, मधेसी कोटाको पहिलो नम्बरमा जोगकुमार बरबरिया र मुस्लिम कोटाको पहिलो नम्बरमा हकी कुल्लाह मुसलमान छन् ।
यी हुन् १६ महिलाः
माओवादीले समानुपातिकबाट छनौट गर्ने १६ महिलामध्ये खस आर्य कोटाबाट ५ जना निर्वाचित गर्नुपर्छ। आयोगमा बुझाइएको बन्द सूचीअनुसार रेखा शर्मा, पूर्णकुमारी सुवेदी, धर्मशीला चापागाईं, सत्या पहाडी र सीता पोखरेल सांसद बन्नेछन् ।
आदिवासी जनजाति क्लस्टरबाट जयपुरी घर्ती, शशी श्रेष्ठ, ओनसरी घर्तीमगर, यशोदा गुरुङ र अमृता थापालाई मनोनीत गर्नुपर्छ । त्यस्तै माओवादीले दलित कोटाबाट दुईजना महिलालाई सांसद बनाउनु पर्ने समानुपानिक निर्वाचनसम्बन्धी निर्देशिकाले प्रष्ट पारेको छ। महिलातर्फ दलितको पहिलो नम्बरमा रहेकी अञ्जना विशंखे र दोस्रो नम्बरमा रहेकी दुर्गा विक नै सांसद बन्ने निश्चित छ।
मधेसी समुदायबाट इन्दु शर्मा र बोधमाया यादव छनौट हुनेछन् । माओवादीले थारु वा मुस्लिम कोटामध्ये एउटाबाट मात्र सांसद निर्वाचित गर्न पाउने भएको छ । यस्तो अवस्थामा थारु कोटाको पहिलो नम्बरकी रामकुमारी चौधरी वा मुस्लिम कोटाको पहिलो सूचीकी चाँदतारा कुमारीमध्ये एक छनोट हुनेछन् ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
अधिवक्ता मञ्जु मिश्र कैलाली–३ बाट स्वतन्त्र उम्मेदवार
धनगढी । युवा कानुन व्यवसायी अधिवक्ता मञ्जु मिश्र आगामी प्रतिनिधिसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...











