राष्ट्रियसभा सदस्यमा सरकारले सिफारिस गरेका नाममा राष्ट्रपति असन्तुष्ट
काठमाडौं, २८ माघ । राष्ट्रियसभा सदस्यका लागि मन्त्रिपरिषदले सिफारिस गरेको तीन नाममा राष्ट्रपति विद्यादेवी भण्डारीले असन्तुष्टि जनाएकी छन् । दलहरुसँग छलफल नगरी सिफारिस गरिएको भन्दै राष्ट्रपतिले सिफारिस गरिएका नामहरुप्रति असन्तुष्टि व्यक्त गरेकी हुन् ।
शुक्रवारको मन्त्रिपरिषद बैठकले कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीको नाम राष्ट्रियसभामा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । तर राष्ट्रपतिले दलहरुसँग परामर्श नगरी नामहरु सिफारिस गरेको भन्दै ती नामहरुप्रति असन्तुष्टि जनाएकी हुन् ।
संविधान अनुसार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले तीन सदस्य मनोनयन गर्ने व्यवस्था छ । राष्ट्रियसभाका ५९ मध्ये ५६ जना निर्वाचित भइसकेका छन् । वामपन्थी गठबन्धनले अत्यधिक बहुमत पाएर सरकार गठन गर्न लागेका बेला कांग्रेसले एकलौटी रुपमा तीनजनाको सिफारिस गरेकाले तीनै व्यक्तिलाई राष्ट्रपतिले तत्काल मनोनयन गर्ने सम्भावना नरहेको स्रोतले जनाएको छ । राष्ट्रपतिले आवश्यक परामर्शपछि यसबारे निर्णय हुने ती अधिकारीले बताए ।
सरकारले सिफारिस गरेका नाम केही समय परामर्शमै रहने र नयाँ सरकार बनेपछि नयाँ जनादेश अनुसारको सिफारिस हुन सक्ने स्रोतको दाबी छ । सरकारले सिफारिस गरेकामध्ये पौडेल कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव हुन् भने बस्नेत कांग्रेसका झापा जिल्लाका पूर्व सचिव हुन् । जोशी अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामा काम गरेकी महिला हुन् ।
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












