एमालेका समानुपातिक सांसद विश्लेषणः कोही पति पत्नीदेखि दाजु बहिनीसम्म
काठमाडौं, २८ माघ । एमालेले प्रतिनिधिसभाको समानुपातिकतर्फ ४१ सांसदको नाम टुंगो लगाएको छ । आईतबार बसेको एमाले केन्द्रीय कमिटि बैठकले समानुपाति सांसद्को नाम टुंगो लगाएको छ । एमालेले सार्वजनिक गरेको नाममा विश्लेषण गर्दा श्रीमान श्रीमतीदेखि दाजु बहिनीसम्म अटाएका छन् ।
एमाले उपाध्यक्ष बामदेव गौतमकी पत्न तुलसा थापा, प्रदेश ५ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका शंकर पोखरेलकी पत्नी सुजिता शाक्य र पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठकी पत्नी विना श्रेष्ठ पनि उक्त सूचिमा अटाएका छन् । त्यस्तै माया ज्ञवाली, विद्यार्थी आन्दोलनबाट आएकी रामकुमारी झाक्री, नविना लामालाई समेत समेटेको छ ।
उद्योगी मोती दुगड पनि समानुपातिक सूचीबाट सांसद् भएका छन् । नेतापत्नी भए पनि उनीहरु तीनैजना पार्टीमा लामो समयदेखि पार्टीमा क्रियाशील महिला नेतृ हुन् । कृष्णगोपाल र विनासँगै रघुवीर महासेठ र जुली कुमारी महतो पति पत्नी दुवैजना प्रतिनिधिसभा सदस्य बन्ने भाग्यमानी दम्पत्ति परेका छन् । महासेठ धनुषा ४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने जुली समानुपातिकबाट सांसद बनेकी छन् ।
कृष्णगोपाल काठमाडौं ९ बाट निर्वाचित भएका छन् । तत्कालिन एमाले महासचिव जननेता मदनकुमार भण्डारीसँगै दासढुंगा दुर्घटनामा निधन भएका संगठन विभाग प्रमुख जीवराज आश्रति पत्नी माया ज्ञवाली न्यौपाने पनि समानुपातिकबाट सांसद बनेकी छन् ।
सशस्त्र द्वन्द्वका क्रममा माओवादीबाट हत्या गरिएका रुकुमका नेता यदु गौतमकी पत्नी तीर्था गौतमलाई पनि एमालेले समानुपातिक सांसद बनाएको छ । उनी २०५६ मा पतिको हत्यापछि रुकुमबाट सांसद निर्वाचित भएकी थिइन् ।
चर्चित विद्यार्थी नेता रामकुमारी झाँक्री र अनेरास्ववियुका वर्तमान अध्यक्ष नविना लामा पनि समानुपातिकबाट निर्वाचित भएका छन् । केपी ओली सरकारको पालामा राजदूत सिफारिस भएर पनि पद सम्हाल्न नपाउँदै हटाइएकी की डा. शिवमाया तुम्बाहम्फे पनि समानुपातिकबाट सांसद भएकी छन् ।
त्यस्तै सहोदर दाजु बहिनी बिजय सुब्बा र शिबमाया एकैपटक समानुपातिकबाट सांसद बनेका छन् । विजय सुब्बा अशोक राईहरुसँग एमाले छाडेर संघीय समाजवादीमा गएका थिए तर, नवौं महाधिवेशन लगतै फर्किएका थिए ।
एमालेबाट समानुपातिकमा निर्वाचित हुने पूर्व सांसद तथा पूर्व मन्त्रीहरुको संख्या पनि उल्लेख्य छ । यस्तै थरुहट तराई पार्टीबाट नयाँ शक्ति हुँदै चुनावको पूर्वसंख्यामा एमाले बनेकी गंगा चौधरी ले पनि एमालेबाट सांसद हुने सौभाग्य पाएकी छन् ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











