नवराज सिलवालको किर्ते काण्डमा मुछिएका एसएसपी पोखरेल परिसरमा, धानुकको सरुवा
काठमाडौं, २८ माघ । काठमाडौंका एसएसपीको सरुवा गरिएको छ । कार्यक्षमतामा कमजोर भएको भन्दै गृह मन्त्रालयले महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रविन्द्र धानुकको सरुवा गरेको हो । एसएसपी धानुकलाई हटाएर गृह मन्त्रालयले विश्वराज पोखरेललाई काठमाडौं परिसरको प्रमुख बनाएको छ।
एसएसपी पोखरेल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिए। प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले एसएसपी हेरफेर गरेको हो। महानगरीय प्रहरी आयुक्त एआईजी जयबहादुर चन्दले काठमाडौं परिसरका एसएसपी हेरफेर भएको पुष्टि गरे। सरुवा हुने सूचना पाएपछि एसएसपी धानुक आइतबारदेखि १० दिन बिदामा थिए।
कमजोर चेन अफ कमाण्डका कारण काठमाडौंमा कार्यरत प्रहरीहरु बारम्बार घुससहित पक्राउ पर्दै आएका थिए। दरबारमार्गको सामूहिक बलात्कार काण्डको बारेमा पहिले नै एसएसपी धानुकलाई थाहा हुँदाहुँदै पनि उनले लुकाउन खोजेको छानबिनमा खुलेको थियो। त्यस्तै एमाले सांसद तथा पूर्व डिआईजी नवराज सिलवालको कीर्ते मुद्दा अनुसन्धानमा सूचना चुहाएर अभियुक्त भगाएकाले उनलाई हटाइएको प्रहरी मुख्यालयका एक अधिकारीले बताए । कार्यक्षमतामा कमजोर भएको बताएपनि मुख्य कारण भने नवराज सिलवाललाई पक्रा गर्न नसकेको भन्ने रहेको प्रहरीले स्रोतको भनाई छ ।
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












