ओली र प्रचण्डबीचको गोप्य बैठक सकियो, के भयो सहमति ?
काठमाडौं, २९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार भेटवार्ता भएको छ । ललिपुरको मानभवनमा दुई नेताबीच भएको भेटवार्तामा नयाँ सरकार गठन, पार्टी एकता लगायतका विषयमा छलफल भएको थियो । तर उनीहरूबीच कुनै सहमति हुन नसकेको बताइएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवनबाट फर्केपछि दुई अध्यक्षबीच पहिलो पटक गोप्य भेटर्वाता भएको हो ।निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको परिणाम शनिबार राष्ट्रपतिलाई बुझाइसकेको छ। प्रतिनिधिसभाको नतिजा समेत फागुन पहिलो सातासम्म राष्ट्रपतिलाई बुझाउने तयारीमा आयोग जुटेको छ। योसँगै फागुन दोस्रो सातामा नयाँ सरकार गठन गर्न सक्ने गरी बाटो खुल्ने छ। तर नयाँ सरकार गठनको समय नजिकिँदै गर्दा स्पष्ट बहुमत पाएको वाम गठबन्धनभित्र आशंका उत्पन्न भएका छन्।
नयाँ सरकार गठनअघि पार्टी एकता गर्नुपर्ने पक्षमा माओवादी केन्द्र रहेको भने एमाले सरकार गठन र पार्टी एकता सँगैसँगै अघि बढाउने पक्षमा रहेको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनमा रहँदा पार्टी एकतामा आशंका पैदा गर्ने खालको अभिव्यक्ति दिएका थिए। उनले भनेका थिए, ’म अहिले जुन किसिमले हिँडेको छु, यसबाट देश र जनतालाई फाइदा पुग्ने लागेन भने म फड्को मार्न सक्छु।’
यता शनिबार बसेको एमाले स्थायी कमिटी बैठकमा पनि पार्टी एकताको विषयमा छलफल भएको थियो। बैठकमा एमाले अध्यक्ष ओलीले पार्टी एकताबारे ‘वान टु वान’ वार्तामा भएको प्रगति विवरण जानकारी गराएका थिए। आजै बस्ने भनिएको एकता संयोजन समितिको बैठक स्थगित भएको छ । माओवादी केन्द्रलेप्रतिनिधिसभाको समानुपातिकतर्फको नामावली टुंग्याउनुपर्ने भएकाले समितिको बैठक नबस्ने भएको हो ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












