१० वर्ष सँगै लडेका माओवादीका ४ टुक्रा, फरक फरक स्थानबाट जनयुद्ध दिवस मनाउँदै
काठमाडौं, १ फागुन । १० वर्षसम्म संगै युद्ध लडेका माओवादीहरु यतिबेला टुक्रा टुक्रामा विभाजित छन् । कोही सत्ता तथा संसदीय व्यवस्थामा आईसकेका छन् भने कोही अझै युद्धको नै गुणगान गाईरहेका छन् । आजभन्दा २३ वर्षअघि आजकै दिन तत्कालीन नेकपा माओवादीले रोल्पा, सिन्धुली र गोरखाको प्रहरी चौकी आक्रमण गरी सशस्त्र युद्धको सुरुवात गरेका थिए । त्यसैको सम्झानामा विभिन्न टुक्रा टुक्रामा विभाजित माओवादीहरु आज फरक फरक ठाउँबाट जनयुद्ध दिवस मनाउँदै छन्।
तत्कालीन युद्धको मूल पार्टी नेकपा माओवादी अहिले चार टुक्रामा विभाजित भएको छ। संस्थापनको रुपमा तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र मूलधारमा छ। यस्तै, मोहन बैद्य तथा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वमा दुई दल छन्। तत्कालीन द्वन्द्वका एक हिस्सा डा. बाबुराम भट्टराईले कम्युनिष्ट धारबाट अलग भर्इ नयाँ सैद्धान्तिक धरातलमा नयाँ शक्ति नेपाल पार्टी गठन गरेका छन्।
माओवादी केन्द्रले पार्टी कार्यालय पेरिसडाँडामा २३ औँ जनयुद्ध दिवसको कार्यक्रम आयोजना गरिएको छ। जहाँ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्वोधन गर्नेछन्। नेकपा (क्रान्तिकारी माओवादी) ले बृहत् अन्तक्रिया कार्यक्रम आयोजना गरेको छ । जहाँ पार्टीका शीर्ष नेता सहभागी हुने कार्यक्रम छ। क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले फरक रुपमा जनयुद्ध दिवस मनाउन लागेको छ ।
०५२ साल फागुन १ गतेबाट सशस्त्र युद्ध सुरुवात गरेको सम्झानामा माओवादीले जनयुद्ध दिवस मनाउँदै आएका छन्। दशकभन्दा लामो सशस्त्र युद्धका क्रममा करिव १६ हजारको ज्यान गएको थियो। २०६३ सालमा भएको बाह्र बुँदे विस्तृत शान्ति सम्झौतासँगै माओवादी सशस्त्र युद्ध सकिएको थियो ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











