पेरिस डाँडाबाट विप्लव र वैद्यलाई प्रचण्डको आग्रहः अब क्रान्ति गर्छु भन्ने दिवास्वप्नबाट ब्यूँझनुस्
काठमाडौं, १ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब देश विकासको आवश्यकता रहेको बताएका छन् । अझै क्रान्तिको खाँचो छ भन्दै आएका शक्तिहरुलाई सुझाव दिँदै अब केवल देश विकासको लागि मात्रै क्रान्ति गर्नुपर्ने बताएका हुन् ।
प्रचण्डले रहर र लहडमा क्रान्ति नहुने भन्दै विप्लवलाई दिवास्वप्नबाट ब्यूँझन आग्रह गरे । विप्लवका साथै उनका गुरु भनेर चिनिएका मोहन वैद्यको नाम लिँदै उनले भने, ‘जनतादेखि भाग्ने अनि लुकेर छिपेर आफ्नो उद्देश्य भन्दै नभनी घटना घटाएर क्रान्ति हुन्छ भन्ने दिवास्वप्नाबाट ब्यूझन अपील गर्न चाहन्ँछु ।’ ‘क्रान्ति रहर र लहडमा हुँदैन’ भन्नु अघि उनले लामो पृष्ठभूमि बाँधेर सशस्त्र विद्रोहको एजेण्डा थाती राखेर पञ्चायतविरुद्ध कांग्रेस, एमालेहरुसँग जनआन्दोलनमा सहभागी भएको तथा बहुदल आएपछि पनि संसदमा गएको सुनाएका थिए ।
अब शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउने अभियानः
प्रचण्डले शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउने अभियानमा सहभागी हुन पूर्वसहकर्मी मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लवलाई अपील गरेका छन् । प्रचण्डले एमाले र माओवादीबीच भइरहेको एकता प्रयास शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउने अभियान भएको बताए ।
सोमबार भएको वार्तामा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘नेपालको सामाजिक राजनीतिक जागरणमा जनयुद्धको महत्वपूर्ण भूमिका थियो र छ’ भन्ने स्वीकार गरेको सुनाउँदै उनले भने, ‘आजकै दिन पार्टी एकता टुंग्याउन सकियो भने राम्रो हुन्छ । हाम्रो प्रयास छ आज नै टुंगोमा पुगोस् ।’
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











