राजा र हिन्दुत्वको रक्षा गर्न नसकेको भन्दै नेतृत्व छाड्न कमल थापालाई पूर्वराजाको सुझाव
काठमाडौं, १ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई नेतृत्व छाड्न सुझाव दिएको खुलाशा भएको छ । उपप्रधानमन्त्री समेत रहेका थापालाई ज्ञानेन्द्रले नेतृत्व छाड्न सुझाव दिएको खुलाशा भएको हो । थापाले पटक पटक पूर्वराजालाई भेट्न खोजे पनि काठमाडौंमा भेट पाएका थिएनन् ।
त्यसपछि उनी पूर्वराजा मध्य र सुदूरपश्चिमको भ्रमणमा रहेका बेलामा राप्रपा नेता एवं नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणामार्फत भेट गर्न सफल भए । पुसको तेस्रो साता भएको भेटमा पूर्वराजाले कमल थापालाई पार्टीको नेतृत्व छाडेर संगठनमा लाग्न सल्लाह दिएको उच्च स्रोतले जनाएको छ । धवलशमशेरले पटक पटक आग्रह गरी कमल थापासंग पूर्वराजाले भेट गरेका थिए ।
कमल थापाका कारण राप्रपाले पराजय बेहोरेको र मुद्दा पनि अलमलमा परेको भन्दै पूर्वराजाले कमल थापालाई नेतृत्व छाड्न सुझाव दिएको बताईएको छ । अहिले बुद्धिमान तामाङलाई कार्यबाहक दिएर कार्यकर्ता संगठित गरी चुनावी महाधिवेशन गर्न पनि सुझाव दिइएको जनाईएको छ । राप्रपाभित्र नयाँ सरकार गठनपछि नेतृत्व परिवर्तनको खेल सुरु हुनसक्ने बताइएको छ ।
नेपालमा झण्डै एक लाख २० हजार कट्टर राजाबादी छन् । उनीहरु हिन्दूबादी पनि हुन् । तसर्थ अहिले एक लाख २० हजारलाई एक ढिक्का गर्न सक्ने हो भने यो क्रम हरेक वर्ष दोब्बर भएर जानेछ । कमल थापाले राजतन्त्रको मुद्दा पनि छाड्दै गएको र हिन्दूधर्मप्रति पनि कटिबद्ध हुन नसकेपछि यस्तो सुझाव दिएको बताइन्छ । राजावादीहरु र हिन्दूबादीहरु यो कोर कार्यकर्तालाई गुमाउन नचाहने भएकाले कमल थापालाई ब्याक गराएर भए पनि पार्टी सशक्त बनाउने अभियानमा पूर्वराजाले सल्लाह दिएको उच्च स्रोतको दावी छ ।
कमल थापाले छाडेका खण्डमा पशुपति शमशेर राणा पनि राप्रपामा मिल्नका लागि तयार रहेको स्रोतको दावी छ । कमल थापाले चिँढाएको भन्दै कशेरबहादुर बिष्ट, डा. प्रकाशचन्द्र लोहनीपछि पशुपतिशमशेरले पार्टी छाडेर अर्को पार्टी गठन गरेका थिए ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











