वाम एकताको ‘ब्रेक थ्रु’ हुनै लाग्दा ओलीले भारतीय राजदूतसँग किन भेटे ?
काठमाडौं, १ फागुन । एमाले अध्यक्ष केपी ओली र नेपालका लागि भारतीय राजदूतबीच भेटवार्ता भएको छ । वाम एकता अभ्यास निष्कर्षमा पुगिरहेकै बेला एमाले अध्यक्ष केपी ओली र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीबीच भेटवार्ता भएको हो ।
ओलीलाई भेट्न राजदूत पुरी सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमै पुगेका थिए । पुरीले हिन्दु धर्मावलम्वीहरुको महान चाड शिवरात्रीको अवसरमा सुभकामना समेत दिए । उनीहरु दुईबीच केही समय पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे पनि गम्भीर छलफल भएको थियो । ओलीले पुरीसँगको भेटमा वाम एकता निष्कर्षमा पुगेको बताएका थिए ।
वाम एकता निष्कर्षमा पुगेकै बेला ओलीले अचानक भारतीय राजदूतसँग भेटेको कुरालाई राजनीतिक विश्लेषकहरुले भने आलोचनात्मक रुपमा ब्याख्या गरेका छन् । उनीहरुले ओलीको ‘राष्ट्रवादी लाईन’को कडा रुपमा आलोचना गरेका छन् । मंगलबार जब पुरी र ओलीबीच भेटवार्ता भयो, नेकपा एमाले निकटस्थ केही विश्लेषकहरु सिंहदरबारमै थिए ।
ओलीलाई भेट्न पुरी भित्र छिरेपछि केही बेरका लागि सुरक्षा व्यवस्था कडा पारियो । ओलीलाई भेट्न पर्खिरहेका थुप्रै नेता–कार्यकर्ता तथा अन्य सुभचिन्तकहरुले अरु केही घण्टा पर्खनुपर्ने भयो । यस्तो अवस्थामा ओलीको भारतीय राजदूतसँगको भेटलाई रोचक पारामा ब्यंग्य समेत गर्न थालेका छन् । ‘ओलीको राष्ट्रवादी लाईन पनि देखियो नी १’, संसदीय दलको कार्यालय परिसरमा भेटिएका एमालेकै एक नेताले भने, ‘दाह्री पालेको रहेछ । हामीलाई हटाएर भित्र छिर्यो ।’
पछिल्लो समय भारतीय प्रबृत्तिको विरोध गर्दै चर्चा कमाएका पूर्वप्रधानमन्त्री केपी ओलीको भारत सम्बन्धबारे बेला बेला अनेक किसिमका टिप्पणी हुँदै आएको छ । यसअघि ओलीकै निमन्त्रणमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुई दिने नेपाल भ्रमणमा आएकी थिईन् । उनले सबैभन्दा पहिला अध्यक्ष ओलीसँग नै भेटवार्ता गरेकी थिईन् । उक्त भेटवार्ता पनि पछि ओलीको निकै आलोचना भएको थियो ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












