‘जनयुद्ध’ कै शैलीमा विप्लवले गरे देशका विभिन्न स्थानमा एनसेल टावरमाथि आक्रमण
काठमाडौं, १ फागुन । माओवादीहरुले आज २३ औं जनयुद्ध दिवस मनाईरहँदा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विभिन्न ठाउँमा आक्रमण गरेको छ । विभिन्न टुक्रामा विभाजित माओवादीहरुले फरक फरक तरिकाले जनयुद्ध दिवस मनाईरहेकै बेला विप्लव पार्टीले नीजि दूरसञ्चार सेवा प्रदायक निकाय एनसेलमाथि आक्रमण गरेको हो ।
विप्लव कार्यकर्ताले ुजनयुद्धुको शैलीमा देशमा विभिन्न ठाउँमा रहेका एनसेल टावरहरुमा आक्रमण गरेका हुन् । उनीहरुले मंगलबार मनाइने २३ औँ जनयुद्ध दिवसको पूर्वसन्ध्यामा मध्यरातमा छापामार शैलीमा ठाउँ ठाउँमा आक्रमण गरेका हुन् । विप्लवका कार्यकर्ताले रोल्पा, नुवाकोट, धनकुटा, रामेछाप, भोजपुर लगायतका ठाउँमा आक्रमण गरेका हुन् । रोल्पाको माडी गाउँपालिका-६ कोर्चाबाङ मिनहीमा रहेको एनसेलको टावरमा राति करिव १२ बजे विस्फोट गराएका छन् । कुकर बम विष्फोट हुँदा टावरमा क्षति पुगेको छ ।
नुवाकोटमा टावर ध्वस्त, १५ लाखको क्षतिः
विप्लव कार्यकर्ताले नुवाकोटस्थित एनसेलको रिपिटर टावर पनि ध्वस्त पारेका छन् । विदुर नगरपालिका-११ डाडागाउँस्थित एनसेलको टावरमा सोमबार राति साढे ११ वजे आगजनी गरी ध्वस्त पारिएको हो । सदरमुकाम विदुरदेखि २२ किलोमिटर दुरीमा रहेको एनसेलको टावरमा आगजनी हुँदा टावर पुर्ण ध्वस्त भई १५ लाख बराबरको सामाग्री क्षति भएको नुवाकोट प्रहरीले जनाएको छ ।
रामेछाप र धनकुटामा पनि एनसेलमा आक्रमणः
रामेछाप र धनकुटामा समेत एनसेलको टावरमा आक्रमण भएको छ । रामेछाप नगरपालिकाको भालुखोपडाँडा र दोरम्वा गाउँपालिकाको थापा गाउँमा रहेको टावरमा विप्लवका कार्यकर्ताले क्षति पुर्याएका छन् । टावरमा क्षति भएपछि एनसेलको सेवा अवरुद्ध भएको छ । विप्लवका कार्यकर्ताले धनकुटा नगरपालिका १० थुम्कीडाँडामा रहेको एनसेलको टावरमा आक्रमण गरेका छन्
भोजपुरको क्रसर उद्योगमा आगो:
उनीहरुले भोजपुरका दुई स्थानमा आगजनी गरेका छन् । भोजपुरको पूर्वी अरुण गाउँपालिका लेगुवाको फेदी बजारमा रहेको एक क्रसर उद्योगमा आगजानी गरेका छन् । आगलागीबाट क्रसर उद्योगमा रहेको भीम पौडेलको एक्साभेटर जलेर नष्ट भएको छ । एक्साभेटर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । भोजपुरकै पौवादुम्म गाउँपालिकाको तिवारी भञ्ज्याङ्गमा पनि आगजनी भएको छ । त्यहाँ पनि एक्साभेटरमा आगजानी गरिएको हो । कन्काई कन्ट्रकशनको एक्साभेटरमा राति १ः३० बजे आगजानी गरिएको हो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












