माओवादी केन्द्रको बैठकमा प्रचण्डले ‘ब्रिफिङ’ गर्दा नेताहरु खुशीले गदगद
काठमाडौं, २ फागुन । माओवादी केन्द्रले एमालेसँग पार्टी एकता टुङ्ग्याउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अख्तियारी दिएको छ । एकता संयोजन समितिको बैठकअघि बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले पार्टी एकता टुङ्ग्याउने जिम्मेवारी अध्यक्ष ‘प्रचण्ड’ लाई दिएको हो । आजको बैठक आकस्मिक रुपमा राखिएको थियो। बैठक खुमलटारस्थित अध्यक्ष प्रचण्डको निवास भएको हो।
यता एमाले स्थायी कमिटी बैठकले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । आकस्मिक रुपमा बसेको बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । माओवादी हेडक्वाटर बैठकमा अध्यक्ष ‘प्रचण्ड’ ले एमाले अध्यक्ष ओलीसँग भएको मौखिक सहमतिको ब्रिफिङ गरेका थिए ।
बैठकमा प्रचण्डले एमालेसँग द्विअध्यक्षात्मक प्रणाली र आलोपालो सरकारको नेतृत्व गर्नेगरी सहमति भएको ब्रिफिङ गरेका थिए। बैठकमा सहभागी अन्य नेताले त्यसलाई लिखित रुपमै टुंगो लगाउन अध्यक्षलाई जिम्मा दिएका हुन् । ‘सहमतिबारे लिखित रुपमै स्पष्ट भएर जानुपर्छ’, एक नेताले भने, ‘पछि किचलो आउनु राम्रो हुँदैन।’ आजै बिहान भएको दुई पार्टीका अध्यक्षबीचको छलफलपछि दुवै पार्टीको छुट्टाछुट्टै बैठक बसेको हो।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












