माओवादी समानुपातिक सूचीः पहिलो नम्बरमा रहेका हितराज आउट, चूडामणि खड्का इन
काठमाडौं, २ फागुन । नेकपा माओवादी केन्द्रले समानुपातिक सूचि सच्याएर निर्वाचन आयोगलाई पठाएको छ । माओवादीले निर्वाचित हुने पुरुषको कोटामा हितराज पाण्डेको नाम हटाएर चूडामणि खड्काको नाम राखेको छ ।
यसअघि माघ २९ गते माओवादी केन्द्रले आयोगमा पेश गरेको सूचीमा खस आर्य पुरुष क्लस्टरमा १ नम्बरमा रहेका हितराज पाण्डेको नाम समावेश थियो । तर आयोगले अपांग क्लस्टरबाट कोही नपरेको भन्दै सूची सच्याउन माओवादीलाई आग्रह गरेको थियो ।
त्यसपछि माओवादीले पाण्डेको नाम काटेर खड्काको नाम पठाएको हो । खड्काको द्वन्द्वकालमा खुट्टामा चोट लागेको थियो । ‘निर्वाचन आयोगले घाइते, अपाङ्ग नभएको भनेर फिर्ता पठाएपछि मेरो नाम समावेश गरेको जानकारी पाएको छु’ खड्काले भने ।
पाण्डे र खड्का दुबै गोरखाका हुन् । २०७० सालमा गोरखा क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित पाण्डे यसवर्ष गोरखा २ मा नै पार्टीका उम्मेदवार नारायणकाजी श्रेष्ठको चुनावी कमाण्डर बनेका थिए । गत वर्षसम्म पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिव रहेका खड्का हाल माओवादीको गोरखा जिल्ला इन्चार्ज छन् ।
Comments
अरु समाचार
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...












