सांसद् बन्दा हिन्दीमा शपथ खाएका राउतले प्रदेश २ का मुख्यमन्त्री बन्दा भोजपुरीमा शपथ
जनकपुरधाम, ३ फागुन । प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रीहरुले सपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गदीले भोजपुरी भाषामा शपथ लिएका हुन् । यसअघि प्रदेश सभामा उनले हिन्दीमा सम्बोधन गर्दा विरोध भएको थियो। हिन्दी भाषामा प्रदेश सभाका सांसदहरुले बोलेको भन्दै जनकपुरमा पुत्लासमेत जलाइएको थियो।
पर्साबाट निर्वाचित राउतको क्षेत्रमा भोजपुरी भाषीको बाहुल्यता रहेको छ। तर उनी मुस्लिम समुदायबाट भएकोले उनको मातृभाषा उर्दु हो। विहीबार जनकपुरधाममा आयोजित कार्यक्रममा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले मुख्यमन्त्री राउतलाई शपथ ग्रहण गराएका हुन्। आर्थिक मामिला मन्त्री विजय यादवले मैथिली र भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले हिन्दी भाषामा सपथ लिएका छन् ।
सपथ समारोहमा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी थिए । सपथपछि मुख्यमन्त्री राउतले हिन्दी र नेपाली भाषामा सम्बोधन गरेका थिए । मुख्यमन्त्री राउतले शिक्षा, स्वास्थ्य, सिञ्चाई, सुशासन, सडक गरी पाँच स मा आफूले जोड दिने उल्लेख गरेका छन् ।
उनले आफूले कृषिलाई प्राथमिकतामा राखेर काम गर्ने, हुलाकी सडक निर्माण गर्ने, रेलमार्ग निर्माण गर्ने र प्रदेश २ लाई औद्योगिक केन्द्रको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् ।
Comments
अरु समाचार
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...












