प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै ओलीको निर्देशन्, ‘मनपरीले चल्ने काम बन्द गर्नुहोला’
काठमाडौं, ३ फागुन । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ ग्रहणमा मर्यादित पोशाकमा सहभागी हुन् सांसद्हरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै एमाले संसदीय दललाई सम्बोधन गर्दै ओलीले मर्यादित पोशाकमा सपथ ग्रहणमा सहभागी हुन आह्वान गरेका हुन् । ‘पहिरन कहाँ र कस्तो अवस्थामा भन्ने हुन्छ,’ ओलीले सम्बोधन गर्दै भने, ‘संकीर्ण हुन खोजेको होइन तर ख्याल गर्नु।’
ओली त्यतिमै रोकिएनन्। थपे, ‘पुरुषहरु दौरासुरुवाल, कोट, टोपीमा आउनुस्। महिलाहरु सकभर साडी चोलोमा आउनुस्।’ उनले पोशाकसँगै सांसदहरुलाई आफ्नो विषयमा कमाण्ड हुने गरी अध्ययन गरेर आउनसमेत भने।
ओलीले जनताले ठूलो आशा भरोसाका साथ जिम्मेवारी सुम्पेको बताउँदै भने, ‘हाम्रो अवधि तोकिएको छ। त्यसको सामर्थ्य र सीमा छन्। सम्पूर्ण रुपमा असीमितताका साथ काम गर्छौ।’ उनले इमानको सीमा छैन भन्दै इमान्दारिताका साथ काम गर्ने बताए।
देश र देशको हितलाई सर्वोपरी राखेर जनताका निम्ति काम गर्ने उनले बताए। ‘जबज अन्तर्गत हामी अगाडि बढेका छौं। हामीसँग पार्टी संगठन छ’ उनले भने, ‘स्थानीय तहको ७ सय ५३ निकाय छन्। त्यसमा १४ हजार एमालेका मात्रै जनप्रतिनिधि छन्।’
उनले देशलाई विकास, जनतालाई शान्ति र सुख चाहिएको भन्दै त्यसका निम्ति काम गर्ने प्रतिवद्धता जाहेर गरे। आफ्नो आचरण पारदर्शी, लोकतान्त्रिक, कानुनी राज र शुसासनको पक्षमा रहने भन्दै त्यसबाहेक सम्झौता नगर्ने बताए। ‘हामी स्वच्छता कायम गरेरै छाड्छौं। भ्रष्टाचार, ढिलासुस्ती हुनै दिँदैनौं,’ उनले भने, ‘कसरी काम गर्ने भनेर माननीयज्यूलाई दिशानिर्देश, प्रशिक्षित गर्छौ।’
‘आउने हाजिर लाउने र जाने होइन, हामी ह्विप जारी गर्छौ,’ उनले भने, ‘प्रमुख सचेतकरसचेतक मार्फत् जारी गरिएको ह्विप मान्नैपर्छ।’ उनले सांसदहरु विदेश जाने र के गरिरहेको पनि थाहा नपाउने परम्परा रहेको भन्दै जानकारीविना त्यस्ता गतिविधि गर्न नपाइने बताए। उनले जिल्ला जाँदा पनि जानकारी गराउनुपर्ने बताए।
‘यो संसदीय मोर्चा हो जसलाई पार्टीले निर्देशन गर्छ,’ ओलीले भने, ‘हामी एउटा राष्ट्र निर्माणको महाभियानमा छौं। समस्या, चुनौती आउँछन् त्यसलाई समाना गरेर हामी अगाडि बढ्छौं।’
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












