राजीनामा बुझाउन देउवा राष्ट्रपति भवन पुग्दा ओलीलाई अर्को कोठामा राखिएपछि…
काठमाडौं, ३ फागुन । बिहीबार मुलुकले एकै पटक एक प्रधानमन्त्रीको विदाई र अर्का प्रधानमन्त्रीको स्वागत गर्ने मौका पायो । आफ्नो ९ महिने कार्यकाल पुरा गरेर निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनमा दिए । भने एमाले अध्यक्ष केपी ओली मुलुकको ४१ औं प्रधानमन्त्रीमा नियुक्त भए ।
यो दुवै खेल भईरहँदा राष्ट्रपति भवन शितल निवासमा एउटा रोचक घटना घट्यो । बिहीबार बिहानै एमाले अध्यक्ष केपी ओली लगायतका वाम नेताहरु राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्दै थिए । हतार-हतार मन्त्रिपरिषदको अन्तिम बैठक सकेर प्रधानमन्त्री देउवाले बालुवाटारबाटै देशबासीलाई सम्बोधनसहित राजीनामाको घोषणा गरे । अनि नजिकै रहेको राष्ट्रपति कार्यालयमा राजीनामा पत्र बोकेर पुगे ।
प्रधानमन्त्री देउवा राष्ट्रपति भवनमा पुग्दा केपी ओलीसहित वाम गठबन्धनका नेताहरु शीतलको एउटा कोठाभित्र थिए । अब उनीहरुबीच पनि भेट हुन सक्ने आकलन गरियो । तर त्यहा त माहोल नै अर्कै भयो । देउवा शितल निवास पुग्दा ओलीलाई अर्को कोठामा सारिएको थियो ।
देउवा आउनु अघिसम्म राष्ट्रपति भण्डारी वाम गठबन्धनका नेताहरुसँग कुराकानी गरिरहेकी थिइन् । तर, देउवा आएपछि उनलाई अर्कै कोठामा राखियो र राष्ट्रपतिले त्यहीँ गएर राजीनामा पत्र बुझिन् । देउवालाई विदा गरेपछि राष्ट्रपति भण्डारी फेरि वाम गठबन्धनका नेताहरु भएको ठाउँमा आइन् । त्यसपछि उनले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको औपचारिक पत्र दिइन् ।
अन्ततः पुरानो प्रधानमन्त्रीले राजीनामा बुझाउने र नयाँले नियुक्तिपत्र लिने काम भयो । तर, राजीनामा लेनदेनमा ओली र देउवावीच भेटघाट नभए पनि सपथ ग्रहणमा भने पुरानो प्रधानमन्त्रीले नयाँ प्रधानमन्त्रीसँग औपचारिक रुपमा कुर्सी साटासाट गर्ने प्रचलन छ । र, यो काम आजै हुनेछ । त्यहाँ ओली र देउवाले हात मिलाएर बधाइ अनि धन्यवाद ज्ञापन गर्नेछन् ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...












