विभिन्न पार्टीहरूको एकता अभियानको इतिहास
काठमाडौँ । नेकपा ‘माओवादी केन्द्र’का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भाषामा भन्ने हो भने नेकपा ‘एमाले’सँग एकताका लागि विगत पाँच वर्षदेखि घनिभूत छलफल भइरहेको थियो । र, त्यसैको परिणामस्वरूप दुई पार्टी एकीकृत भई नेपाल कम्युनिस्ट पार्टी बनेको छ ।
कम्युनिस्ट आन्दोलनमा यो एकीकरणलाई निकै महत्वका साथ हेरिएको छ । हुन त कम्युनिस्ट पार्टीहरूको स्थापना र विभाजनको लामो फेहरिस्त छ । कम्युनिस्ट पार्टी स्थापना भएदेखि नै विभिन्न धारमा विभाजित भएको देखिन्छ । रायमाझी धार, तुलसीलाल धार, मनमोहन धार, मोहनविक्रम धार, पुष्पलाल धार हुँदै एमाले धार र माओवादी धारको जन्म भएको हो ।
यी सबै धार एकअर्कामा विलीन हुँदै अहिले एमाले धार र माओवादी धारको मिलन भएको छ । २०३१ जेठ १४ मा झापा र मोरङका क्रान्तिकारीले एकताको निम्ति गरेको अपिल २०३२ मा को–अर्डिनेसन केन्द्रको गठन भएको थियो । वि.सं. २०३५ पुस ११ मा एक सम्मेलनबाट नेकपा ९माले० गठन भयो । २०४७ पुस २२ मा नेकपा ‘माले’ र नेकपा ‘माक्र्सवादी’बीच एकता भई नेकपा ‘एमाले’ निर्माण भयो । पछि त्यही एमालेमा मानन्धर समूहको एक हिस्सा, २०५० मा तुल्सीलाल समूह, २०५१ मा मसाल, एकताकेन्द्र पनि सामेल भएको थियो ।
एमालेमा विभिन्न समूह सामेल हुने प्रक्रिया चलिरहेकै बेला २०५४ मा आफैं विभाजित भयो । छुट्टै माले बन्यो । पछि २०५८ मा मालेले एमालेसँग एकता गरे पनि एउटा समूह यसमा आएन । यसरी विभिन्न धार र समूह मिलेर बनेको एमाले र माओवादी केन्द्रसँग एकता भएको छ । द्यबगिधबतबच )ःभभतष्लन
यता २०४७ मा नेकपा ‘मशाल’, चौ।म।, सर्वहारावादी श्रमिक सङ्गठन ‘रूपलाल’ र विद्रोही मसाल ‘बाबुराम’ मिली नेकपा ‘एकताकेन्द्र’ निर्माण भएको थियो । एकताकेन्द्रले ‘संयुक्त जनमोर्चा’को नामबाट २०४८ सालको चुनावमा भाग लियो । नौ सिटमा विजयी पनि भयो । तर, रिमको सदस्य भएकाले संसदीय राजनीतिको कार्यनीति परिवर्तन गर्न दबाब दिएको थियो । त्यसपछि २०४९ मा एकता महाधिवेशन गरी माओवाद सिद्धान्तलाई अङ्गीकार गर्दै जनयुद्धको नीति पारित ग¥यो । जनयुद्ध र जनसङ्घर्षमा मतान्तर भएपछि २०५१ मा निर्मल लामा समूह अलग भएर अर्को एकताकेन्द्र गठन भयो । त्यसपछि प्रचण्डहरूले बैठकबाट पार्टीको नाम परिवर्तन गरी नेकपा ‘माओवादी’ बनाउनुभयो र २०५२ साल फागुन १ बाट जनयुद्ध आरम्भ भयो । १० वर्षसम्म सशस्त्र सङ्घर्ष गरी २०६२÷६३ को जनआन्दोलन हुँदै गणतन्त्रसम्मको यात्रा माओवादी केन्द्रले तय गरेको छ । त्यसबीचमा एमालेबाट विभाजित भएका मालेबाट केही नेताहरू माओवादीमा प्रवेश भयो । २०६५ मा एनके प्रसाई नेतृत्वको नेकपा ‘मालेमा’ पनि सामेल भयो । २०६६ मा नारायणकाजी श्रेष्ठहरूको नेकपा ‘एकताकेन्द्र’ सँग एकता भई एकीकृत नेकपा ‘माओवादी’ बनाइयो । पछि मोहन वैद्य ‘किरण’, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द, परी थापा, मातृका यादव लगायतका नेता अलग भई अलगअलग समूह बनाए ।
त्यसमध्ये मातृका यादव र मणि थापाले एकीकरण नै गर्नुभयो भने मोहन वैद्य र डा. बाबुराम भट्टराईको समूहबाट थुप्रै नेता माओवादीमा प्रवेश गरे र एमाओवादीबाट माओवादी केन्द्र बन्यो । अहिले आएर एमालेसँग एकीकरण गरी एउटै नेपाल कम्युनिस्ट पार्टी बनाइएको छ ।
भनिन्छ, माओवादी जनयुद्धमा हुँदादेखि माधवकुमार नेपाल, वामदेव गौतम, युवराज ज्ञवालीलगायत पार्टी एकीकरणका लागि प्रयास गरिरहेका थिए । तत्कालीन अवस्थामा भूमिगत रहनुभएका प्रचण्डलाई भेटेर पार्टी एकताका लागि प्रयास भएको थियो ।
दुई दलबीचको सम्बन्ध
माओवादी शान्तिप्रक्रियामा आइसकेपछि तुलनात्मक हिसाबले यी दुई दलको बीचमा राम्रो सम्बन्ध देखिएको थिएन । गणतन्त्र स्थापनापछि एमालेको सहयोगमा प्रधानमन्त्री बन्ने अवसर माओवादी केन्द्रका प्रचण्डले पाउनुभएको थियो तर दुई दलको किचलो र रुकमाङ्गद कटवाल काण्डका कारण प्रचण्डले राजीनामा दिनुप¥यो । त्यसपछि एमालेले काँग्रेसको सहयोगमा सरकार बनायो र माओवादीलाई बाहिर राख्यो ।
तर, यी दुई दलबीच आन्तरिक यस्तो द्वन्द्व भयो वा माओवादीले एमालेका नेता झलनाथ खनाललाई प्रयोग गरेर सरकार ढाल्यो । र, झलनाथ खनाललाई प्रधानमन्त्री बनाउनमा सहयोग ग¥यो तर त्यो सरकार पनि धेरै दिन टिकेन । माओवादीले झलनाथ खनाल नेतृत्वको सरकार ढाल्यो र तत्कालीन मधेसी मोर्चासँग मिलेर सरकार बनायो ।
तत्कालीन माओवादीका नेता डा. बाबुराम भट्टराई नेतृत्वको त्यो सरकारले संविधान नै निर्माण नगरी संविधानसभा विघटन ग¥यो । दलहरूको सहमतिमा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकार निर्माण बन्यो । रेग्मी नेतृत्वको सरकारले दोस्रो संविधानसभाको चुनाव गरायो । त्यो चुनावबाट नेपाली काँग्रेस सबभन्दा ठूलो दल बनेर आयो भने एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो भयो ।
हार बेहोरेका कारण माओवादी आन्दोलनमा गयो । यता, एमाले र काँग्रेसले मिलेर सरकार बनायो । त्यो सरकारको विरुद्धमा माओवादी र मधेसवादी दलले मिलेर चर्को आन्दोलन ग¥यो । पछि काँग्रेस, एमाले र माओवादी मिलेर १६ बुँदे सम्झौता ग¥यो । १६ बुँदे सम्झौतापछि माओवादी पनि सरकारमा सहभागी भयो । संविधान निर्माण भएपछि एमालेले माओवादीको सहयोगमा सरकार निर्माण ग¥यो तर नौ महिना नबित्दै माओवादी सरकारबाट बाहिरियो र काँग्रेससँग मिलेर सरकार बनायो ।
माओवादी र काँग्रेसको संयुक्त सरकार रहेको बेला गत असोजमा अचानक वाम गठबन्धन र पार्टी एकताको खुलासा भयो । त्यो खुलासाले राजनीतिमा एक प्रकारले तरङ्ग नै ल्यायो । असोजमा सुरु भएको एकीकरण प्रक्रियाका कारण एमाले र माओवादी केन्द्र प्रतिनिधि र प्रदेशसभामा ६० र ४० को भागबन्डा गरेर चुनाव लडे र सोचेजस्तो नतिजा पनि ल्याए । चुनावमा जनतासँग गरेको वाचाअनुसार अहिले यी दुई दल एक भएर वामपन्थी सरकार बनाउने प्रक्रिया सुरु गरेका छन् ।
Comments
अरु समाचार
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...











