अमेरिका, चीन, भारतका सैनिकले पूरा गरे एकैसाथ कमाण्ड एण्ड स्टाफ कोर्ष
काठमाडौँ, । विश्वका शक्तिशाली मुलुकका सेनाका लागि शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेज उच्च शिक्षा हासिल गर्ने आकर्षणको केन्द्र बन्न पुगेको छ ।
बंगलादेश, चीन, भारत, मलेसिया, माल्दिभ्स, पाकिस्तान, दक्षिण कोरिया, श्रीलंका र अमेरिकाका १० सहित ५४ सैनिकले आजै मात्र स्टाफ कलेज कोर्ष पूरा गरेको मुख्य शिक्षक महासेनानी गणेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त कलेजमा आयोजित २४ औँ आर्मी कमाण्ड एण्ड स्टाफ कोर्ष ग्र्याजुएसन समारोहमा ५४ सैनिकसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका चार जना नायब उपरीक्षकले पनि आज उक्त कोर्ष पूरा गरेको जानकारी दिइयो ।
त्रिभुवन विश्वविद्यालयको मानविकी तथा समाजशास्त्रतर्फ स्नातकोत्तर तहको पाठ्यक्रम समावेश रहेको उक्त तालीम सैनिक संगठनमा माथिल्लो ‘जर्नेल’ तहमा पुग्न अनिवार्य मानिन्छ ।
उक्त सैनिक कलेजले नेपाली सेनाको सेनानी तथा अरु सुरक्षा संगठनको नायब उपरीक्षकलाई ५२ साताको उक्त तालीम प्रदान गर्दै आएको छ । सन् १९९२ मा स्थापना भएको उक्त कलेजबाट हालसम्म ६३ जना विदेशीसहित ९२२ जनाले उक्त अध्ययन पूरा गरिसकेको महासेनानी श्रेष्ठले जानकारी दिनुभयो ।
अमेरिकी, चिनियाँ र भारतीय सैनिक एकैस्थानमा एउटै कोर्षमा तालीम गरेको घटना विरलै भेटिए पनि आर्मी कमाण्ड एण्ड स्टाफ कलेजले भने उनीहरुलाई एकैसाथ तालीम दिँदै आएको छ । यस कार्यले विश्वमै बेग्लै पहिचान स्थापित गर्न कलेज सफल भएको छ । केही बेलायती सैनिकले पनि उक्त कलेजबाट सफलतापूर्वक तालीम लिइसकेका छन् ।
आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा सन् २०११ देखि विदेशी सैनिकलाई तालीम खुला गरिएकोमा पछिल्लो समय उक्त कलेज विदेशी सैनिकको पहिलो रोजाइमा परेको छ ।
अमेरिकी र बेलायतीजस्ता विश्वका शक्तिशाली देशका सैनिकलाई अरु देशका सैनिकसँग सम्बन्ध विकास र विस्तार गर्ने महत्वपूर्ण अवसर पनि उक्त तालीमले दिएको छ । शान्ति सैनिक परिचालन, विपद् व्यवस्थापन र प्रतिविद्रोहमा नेपाली सेना पोख्त भएकाले उक्त कलेजमा तालीमका लागि जाम्बियालगायतका देशका सेनाबाट पनि माग भइरहेको महासेनानी श्रेष्ठले बताउनुभयो ।
कलेजले आगामी दिनमा १६ जनासम्म विदेशी सैनिकलाई तालीम प्रदान गर्न स्वीकृति पाइसकेको छ । सैनिक रणनीतिका अतिरिक्त नेतृत्व विकास, सैनिक कूटनीति, विपद् व्यवस्थापन, शान्तिसेना परिचालन र मानवअधिकारको पालनाजस्ता विषयमा अनुभावी र विज्ञबाट व्यावहारिक र सैद्धान्तिक शिक्षण एंव तालीम प्रदान गर्दै आएको उक्त कलेजका कमाण्डेन्ट उपरथी प्रह्लाद थापाले जानकारी दिनुभयो ।
शिवपुरी वन्यजन्तु निकुञ्जभित्र रहेको उक्त कलेजले प्रशिक्षार्थीलाई अनुसन्धानका लागि निकै प्रेरित गर्दै आएको छ । आगामी चैतदेखि शुरु हुने २५ औँ शृङ्खलाको उक्त तालीममा पहिलो पटक महिलाको प्रवेश हुँदैछ ।
सो अवसरमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले छिमेकी तथा अन्तर्राष्ट्रिय मुलुकका सैनिकको सहभागिताले तालीमको ओज र गरिमालाई थप उजिल्याएको धारणा व्यक्त गर्नुभयो ।
विश्वमा आउनसक्ने नयाँ र फरकखाले सुरक्षा चुनौती सामूहिकरुपमा सामना गर्न तालीमबाट सिकेका ज्ञान निकै फलदायी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
सो अवसरमा प्रधानसेनापति क्षत्रीले समग्र विषयमा उत्कृष्ट हुने सैनिकलाई नगद पुरस्कारका अतिरिक्त अन्य प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












