अमेरिका, चीन, भारतका सैनिकले पूरा गरे एकैसाथ कमाण्ड एण्ड स्टाफ कोर्ष
काठमाडौँ, । विश्वका शक्तिशाली मुलुकका सेनाका लागि शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेज उच्च शिक्षा हासिल गर्ने आकर्षणको केन्द्र बन्न पुगेको छ ।
बंगलादेश, चीन, भारत, मलेसिया, माल्दिभ्स, पाकिस्तान, दक्षिण कोरिया, श्रीलंका र अमेरिकाका १० सहित ५४ सैनिकले आजै मात्र स्टाफ कलेज कोर्ष पूरा गरेको मुख्य शिक्षक महासेनानी गणेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त कलेजमा आयोजित २४ औँ आर्मी कमाण्ड एण्ड स्टाफ कोर्ष ग्र्याजुएसन समारोहमा ५४ सैनिकसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका चार जना नायब उपरीक्षकले पनि आज उक्त कोर्ष पूरा गरेको जानकारी दिइयो ।
त्रिभुवन विश्वविद्यालयको मानविकी तथा समाजशास्त्रतर्फ स्नातकोत्तर तहको पाठ्यक्रम समावेश रहेको उक्त तालीम सैनिक संगठनमा माथिल्लो ‘जर्नेल’ तहमा पुग्न अनिवार्य मानिन्छ ।
उक्त सैनिक कलेजले नेपाली सेनाको सेनानी तथा अरु सुरक्षा संगठनको नायब उपरीक्षकलाई ५२ साताको उक्त तालीम प्रदान गर्दै आएको छ । सन् १९९२ मा स्थापना भएको उक्त कलेजबाट हालसम्म ६३ जना विदेशीसहित ९२२ जनाले उक्त अध्ययन पूरा गरिसकेको महासेनानी श्रेष्ठले जानकारी दिनुभयो ।
अमेरिकी, चिनियाँ र भारतीय सैनिक एकैस्थानमा एउटै कोर्षमा तालीम गरेको घटना विरलै भेटिए पनि आर्मी कमाण्ड एण्ड स्टाफ कलेजले भने उनीहरुलाई एकैसाथ तालीम दिँदै आएको छ । यस कार्यले विश्वमै बेग्लै पहिचान स्थापित गर्न कलेज सफल भएको छ । केही बेलायती सैनिकले पनि उक्त कलेजबाट सफलतापूर्वक तालीम लिइसकेका छन् ।
आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा सन् २०११ देखि विदेशी सैनिकलाई तालीम खुला गरिएकोमा पछिल्लो समय उक्त कलेज विदेशी सैनिकको पहिलो रोजाइमा परेको छ ।
अमेरिकी र बेलायतीजस्ता विश्वका शक्तिशाली देशका सैनिकलाई अरु देशका सैनिकसँग सम्बन्ध विकास र विस्तार गर्ने महत्वपूर्ण अवसर पनि उक्त तालीमले दिएको छ । शान्ति सैनिक परिचालन, विपद् व्यवस्थापन र प्रतिविद्रोहमा नेपाली सेना पोख्त भएकाले उक्त कलेजमा तालीमका लागि जाम्बियालगायतका देशका सेनाबाट पनि माग भइरहेको महासेनानी श्रेष्ठले बताउनुभयो ।
कलेजले आगामी दिनमा १६ जनासम्म विदेशी सैनिकलाई तालीम प्रदान गर्न स्वीकृति पाइसकेको छ । सैनिक रणनीतिका अतिरिक्त नेतृत्व विकास, सैनिक कूटनीति, विपद् व्यवस्थापन, शान्तिसेना परिचालन र मानवअधिकारको पालनाजस्ता विषयमा अनुभावी र विज्ञबाट व्यावहारिक र सैद्धान्तिक शिक्षण एंव तालीम प्रदान गर्दै आएको उक्त कलेजका कमाण्डेन्ट उपरथी प्रह्लाद थापाले जानकारी दिनुभयो ।
शिवपुरी वन्यजन्तु निकुञ्जभित्र रहेको उक्त कलेजले प्रशिक्षार्थीलाई अनुसन्धानका लागि निकै प्रेरित गर्दै आएको छ । आगामी चैतदेखि शुरु हुने २५ औँ शृङ्खलाको उक्त तालीममा पहिलो पटक महिलाको प्रवेश हुँदैछ ।
सो अवसरमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले छिमेकी तथा अन्तर्राष्ट्रिय मुलुकका सैनिकको सहभागिताले तालीमको ओज र गरिमालाई थप उजिल्याएको धारणा व्यक्त गर्नुभयो ।
विश्वमा आउनसक्ने नयाँ र फरकखाले सुरक्षा चुनौती सामूहिकरुपमा सामना गर्न तालीमबाट सिकेका ज्ञान निकै फलदायी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
सो अवसरमा प्रधानसेनापति क्षत्रीले समग्र विषयमा उत्कृष्ट हुने सैनिकलाई नगद पुरस्कारका अतिरिक्त अन्य प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












