टर्कीका १६ महिलालाई मृत्युदण्डको सजाय
बग्दाद, १४ फागुन । इराकको एउटा अदालतले इस्लामिक स्टेट्स (आइएस) समूहसँग आवद्ध भएको अभियोगमा टर्कीका १६ महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ ।
यहाँको एक अदालतका प्रवक्ता अब्दुल सत्तार अलले सो कुरा बताउनुभएको छ । इराकको सर्वोच्च न्याय परिषद्का प्रवक्ताका अनुसार ती महिलाहरुले आइएस लडाकूसँग विवाह गरेका र उनीहरुलाई आवश्यक सहयोग गरेको आरोप लगाइएको छ ।
न्यायाधीशका अनुसार ती महिलाहरूले आइएस लडाकूहरूसँग बिहे गरेको र आवश्यक सामग्री उपलब्ध गराएर लडाकूहरूलाई आक्रमणका लागि सघाएको स्वीकारेका छन् ।
ती महिलाहरूको उमेर २० देखि ५० वर्षसम्मको रहेको र उनीहरुलाई कालो पोशाकमा गत आइतबार बग्दादस्थित फौजदारी अदालतमा उपस्थित गराइएइको थियो ।
ती १६ महिलामध्ये चार जनाको स–साना बालबालिका पनि रहेका जनाइएको छ । आइएस लडाकूहरुको आफन्त भएको आशङ्कामा कम्तीमा ५६० जना महिला र ६०० बालबालिका इराकमा पक्राउ परेका एएफपी समाचार समितिले जानकारी दिएको छ ।
सजाय सुनाइएकामध्ये एक महिलाले आइएस लडाकूहरूसँग इराकी फौजविरूद्ध आफूले लडाई गरेको न्यायाधीशसमक्ष स्वीकार गरेकी अदालतका एक अधिकारीले बताएका छन् ।
सन् २०१७ मा मोसुल सहरका लागि भएको लडाइमा लडेको आरोपमा गत जनवरीमा एकजना जर्मन महिलालाई मृत्युदण्ड सुनाइएको थियो । यसै महिनाको शुरूतिर पनि टर्कीकी एक महिलालाई मृत्युदण्ड दिइएको थियो भने अरू १० जनालाई आजीवन कारावासको सजाय सुनाइएको पनि समाचारमा जनाइएको छ । (रासस÷सिन्ह्वा)
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...













