सिरियाको गुटामा पाँचघण्टा मात्र हवाई कारबाही बन्द
डुउमा, सिरिया, १५ फागुन । सिरियाको पूर्वी भागमा पर्ने गुटा नगरमा सिरिया र रुस सरकारले संयुक्त रुपमा गरेको हिंसात्मक हवाई हमलाको कारबाही पाँच घन्टाका लागिमात्र बन्द गर्ने सहमति भएको छ ।
गएको हप्तादिनदेखि जारी रहेको सो कारबाहीमा ५५० सर्वसाधारणको मृत्यु भएपछि रुस सरकारले मङ्गलबारबाट पाँच घण्टा हवाई हमला रोक्ने निर्णय गरेको छ ।
सिरियाको पूर्वी गुटा नगरमा मङ्गलवारदेखि दैनिक पाँच घण्टा हवाई हमला बन्द गरिने रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले जानकारी दिनुभएको छ ।
हवाई हमलामा मारिएका सर्वसाधारणमा एक चौथाई बालबालिका रहेका छन् । सिरियामा जारी सातवर्ष लामो यस द्वन्द्वमा गुटा नगरमा भएको यो काण्ड अत्यन्त रक्तपातयुक्त भएको पनि बताइएको छ ।
सिरियाको राजधानी दमासकसको नजिकै रहेको यस गुटा नगरका चार लाख सर्वसाधारण हिंसात्मक युद्धको चपेटामा परेका छन् ।
दमासकस र मस्कोको संयुक्त सहभागीतामा गुटा सहरमा भएको हिंसात्मक हवाई कारबाहीलाई स्थगित गरी कम्तीमा ३० दिनसम्म युद्धविरामगर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले प्रस्ताव गरेको गरेको छ ।
तत्काल युद्धविराम गर्न संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले आग्रह गर्नु भएको छ ।
महासचिव गुथे्रसले युद्धले निम्त्याएको गुटाको अहिलेकोजस्तो नर्कजस्तो स्थिति अन्त्यगर्न सिरियाको पूर्वी गुटा क्षेत्रमा तत्काल युद्धविराम गर्न माग गर्नुभएको थियो । तर पनि यसो हुन सकेको छैन ।
विद्रोही नियन्त्रित उक्त क्षेत्रमा रुसी सहयोगका सरकारी फौजले आक्रमण जारी राख्दा उहाँको यस्तो टिप्पणी आएको हो ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले गत शनिबार सिरियाभर ३० दिने युद्धविराम गर्ने पक्षमा मतदान गरेको थियो ।
सिरियाको पूर्वी भागमा पर्ने गुटा नगरमा गत आठ दिनयतादेखि जारी रहेको भीषण हमलामा क्लोरिन ग्याससमेत प्रयोग गरेको एउटा चिकित्सक समूहले जानकारी दिएको छ ।
यस विषयमा सिरियाको कुनै प्रतिक्रिया आएको छैन । (रासस÷एएफपी
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...













