सिरियाको गुटामा पाँचघण्टा मात्र हवाई कारबाही बन्द
डुउमा, सिरिया, १५ फागुन । सिरियाको पूर्वी भागमा पर्ने गुटा नगरमा सिरिया र रुस सरकारले संयुक्त रुपमा गरेको हिंसात्मक हवाई हमलाको कारबाही पाँच घन्टाका लागिमात्र बन्द गर्ने सहमति भएको छ ।
गएको हप्तादिनदेखि जारी रहेको सो कारबाहीमा ५५० सर्वसाधारणको मृत्यु भएपछि रुस सरकारले मङ्गलबारबाट पाँच घण्टा हवाई हमला रोक्ने निर्णय गरेको छ ।
सिरियाको पूर्वी गुटा नगरमा मङ्गलवारदेखि दैनिक पाँच घण्टा हवाई हमला बन्द गरिने रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले जानकारी दिनुभएको छ ।
हवाई हमलामा मारिएका सर्वसाधारणमा एक चौथाई बालबालिका रहेका छन् । सिरियामा जारी सातवर्ष लामो यस द्वन्द्वमा गुटा नगरमा भएको यो काण्ड अत्यन्त रक्तपातयुक्त भएको पनि बताइएको छ ।
सिरियाको राजधानी दमासकसको नजिकै रहेको यस गुटा नगरका चार लाख सर्वसाधारण हिंसात्मक युद्धको चपेटामा परेका छन् ।
दमासकस र मस्कोको संयुक्त सहभागीतामा गुटा सहरमा भएको हिंसात्मक हवाई कारबाहीलाई स्थगित गरी कम्तीमा ३० दिनसम्म युद्धविरामगर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले प्रस्ताव गरेको गरेको छ ।
तत्काल युद्धविराम गर्न संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले आग्रह गर्नु भएको छ ।
महासचिव गुथे्रसले युद्धले निम्त्याएको गुटाको अहिलेकोजस्तो नर्कजस्तो स्थिति अन्त्यगर्न सिरियाको पूर्वी गुटा क्षेत्रमा तत्काल युद्धविराम गर्न माग गर्नुभएको थियो । तर पनि यसो हुन सकेको छैन ।
विद्रोही नियन्त्रित उक्त क्षेत्रमा रुसी सहयोगका सरकारी फौजले आक्रमण जारी राख्दा उहाँको यस्तो टिप्पणी आएको हो ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले गत शनिबार सिरियाभर ३० दिने युद्धविराम गर्ने पक्षमा मतदान गरेको थियो ।
सिरियाको पूर्वी भागमा पर्ने गुटा नगरमा गत आठ दिनयतादेखि जारी रहेको भीषण हमलामा क्लोरिन ग्याससमेत प्रयोग गरेको एउटा चिकित्सक समूहले जानकारी दिएको छ ।
यस विषयमा सिरियाको कुनै प्रतिक्रिया आएको छैन । (रासस÷एएफपी
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...













