पाकिस्तानी सत्ताधारी दलको नेतृत्व शहवाज शरीफले गर्ने
इश्लामावाद, पाकिस्तान, १५ फागुन । सर्वोच्च अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफलाई नेतृत्वमा रहन अयोग्य ठहर गरेपछि रिक्त रहेको सत्ताधारी दल पाकिस्तान मुश्लिम लिग–नवाज (पिएमएल–एन) को अन्तरिम अध्यक्षमा शहवाज शरीफलाई छानिएको छ ।
गत हप्ता यहाँको अदालतले शरीफ पिएमएल–एनको अध्यक्ष हुन अयोग्य रहेको निर्णय दिएको थियो ।
बिहीबार पिएमएल–एनको ‘ट्वीटर अकाउन्ट’मा बिहीबार एक विज्ञप्ति जारी गर्दै नवाज शरीफले नेतृत्वका लागि अन्तरिम अध्यक्षमा आफ्ना भाई शहवाज शरीफको नाम प्रस्ताव गर्नुभएको र उहाँको प्रस्तावलाई दलको लाहोरमा भएको केन्द्रीय समितिले एकमतले अनुमोदन गरेको जनाएको छ ।
दलको विधान अनुसार शहवाज शरीफलाई दलको स्थायी अध्यक्षमा निर्वाचित गर्न यही फागुन ६ गते पुनः केन्द्रीय समितिको बैठक बोलाइएको छ । उक्त बैठकमा गरिने निर्वाचन मार्फत दलको स्थायी अध्यक्षमा शहवाजको नाम अनुमोदन गरिने पिएमएल–एनले जनाएको छ ।
छैसठ्ठी बर्षीय शरीफ हाल पञ्जाव राज्यको मुख्यमन्त्री हुनुहुन्छ ।
दलले नवाज शरीफलाई दलको आजीवन नेताका रूपमा अनुमोदन गरेको छ । उहाँको दलमा कुनै पद भने लिनुहुने छैन ।
भ्रष्टाचार आरोप लागेका पाकिस्तानी पूर्व प्रधानमन्त्री शरीफलाई निर्वाचन ऐन २०१७ विपरीत दलको अध्यक्षमा रहेको जनाउँदै परेको निवेदनमाथि अन्तिम फैसला सुनाउँदै पाकिस्तानी सर्वोच्च अदालतले गत हप्ता उहाँ पिएमएल–एनको अध्यक्ष रहन अयोग्य ठहर गरेको थियो । यस अघि सोही आरोपमा उक्त अदालतले नै उहाँलाई प्रधानमन्त्री रहन अयोग्य घोषणा गरेको थियो ।
अदालतले संविधान बमोजिम अयोग्य ठहर भएको व्यक्तिले राजनीतिक दलको पनि कुनै पद लिनका लागि उपयुक्त नहुने ठहर गरेको थियो । (रासस÷सिन्ह्वा)
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...












