युरो–३ मापदण्डका गाडी आयातमा प्रतिबन्ध लगाउने तयारीमा सरकार
काठमाडौं ,१७ फागुन। सरकारले युरो–४ मापदण्डका गाडी मात्र आयात र दर्ता गर्ने तयारी शुरु गरेको छ । अहिले सवारी साधन आयात गर्दा युरो–३ मापदण्ड अनिवार्य छ ।
विकसित मुलुकहरुले युरो–६ मापदण्ड लागू गरिसकेका छन् । नेपालले भने अझै युरो–३ कै गाडी भित्र्याइरहेको छ । युरो–४ मापदण्डका सवारी वातावरणीय दृष्टिकोणले उत्कृष्ट मानिन्छन् ।
नयाँ आयात हुने सवारीमा युरो–४ मापदण्ड लागू गर्ने तयारी थाल्न वातावरण मन्त्री लालबाबु पण्डितले निर्देशन दिएका छन् । त्यसअनुसार मन्त्रालयले विभिन्न सरोकारवाला निकाय र विज्ञसँग छलफल थालेको छ । सरकारले मन्त्रिस्तरीय निर्णय गरेर मापदण्ड तोक्न सक्छ ।
युरो–४ का गाडीले युरो–३ को भन्दा कम विषाक्त ग्यास फाल्छन् । आयल निगमले गत वर्षबाटै युरो–४ मापदण्डको तेल भित्र्याउन थालेको थियो । सवारी साधन भने एक तह मुनिका आयात भइरहँदा त्यस्तो इन्धन प्रयोग गर्नुको औचित्य प्रमाणित हुन सकेको छैन ।
काठमाडौंको वायु प्रदुषणको ५० प्रतिशत कारक सवारीसाधनले फाल्ने धुवाँ भएको अध्ययनहरुले देखाएका छन् । बर्सेनि काठमाडौंको प्रदुषण उच्च दरले वृद्धि हुँदै जाँदा मन्त्री पण्डितले एक वर्षभित्रै यहाँ मास्क लगाएर हिँड्नुपर्ने अवस्था हटाउने घोषणा गरिसकेका छन् ।
आयात भइसकेका सवारीमा प्रदुषण जाँचलाई कडाइ गर्ने र भित्रिने गाडीमा नयाँ प्रदुषण मापदण्ड लगाउने मन्त्री पण्डितको योजना छ । ‘अब पनि पुरानै प्रविधिका गाडी भित्रिरहन दिनुहुँदैन,’ मन्त्री पण्डित भन्छन्, ‘कम धुवाँ फाल्ने, वातावरणलाई कम असर पर्ने मापदण्डका गाडी भित्र्याउनुपर्छ । पुराना प्रविधिका गाडीको आयात रोक्न अब काम हुन्छ ।’
विकसित मुलुकहरु युरो–६ मापदण्डमा प्रवेश गर्दै गर्दा बल्ल युरो–४ मा जानेबारे सरकारी अधिकारीहरु छलफलमा जुटेका छन्
वातावरण मन्त्रालयले युरो–४ मापदण्डमा जाने तयारी गर्दैगर्दा अटो मोबाइल व्यवसायीहरु भने अहिले पनि सोहीअनुसार सवारी साधन भित्रिइरहेको दाबी गर्छन् । भारतले युरो–४ मापदण्ड अनिवार्य गरेकाले नेपालमा पनि त्यस्तै गाडी आइरहेको दाबी उनीहरुको छ । तर, सरकार यसमा विश्वस्त हुन सकेको छैन ।
Comments
अरु समाचार
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











