सिरियामा घातक हतियार प्रयोग भएको राष्ट्रसंघको आशङ्का
जेनेभा, स्वीट्जरल्याण्ड, १६ फागुन (रासस÷एएफपी)। सिरियाको गुटामा हालै सिरियाली सेनाको नेतृत्वमा भएको आक्रमणमा रासायनिक अर्थात मानवीय स्वास्थ्यमा समेत असर पार्ने खालका हतियार प्रयोग भएको आशंका संयुक्त राष्ट्रसंघले गरेको छ ।
यसअघि पनि सिरियाको विद्रोही नियन्त्रित भूभागमा सरकारद्वारा रासायनिक हतियार प्रयोग गरेको पाइएको भन्ने विभिन्न क्षेत्रबाट गुनासो सुनिएपछि यसबारे अनुसन्धान अघि बढाएको संयुक्त राष्ट्रसंघले जनाएको थियो ।
राष्ट्रसंघीय युद्ध अपराध अनुसन्धान अधिकारीले मङ्गलबार बताएअनुसार गुटामा भएको व्यापक नरसंहारमा पनि यस्ता खालका हतियारहरू प्रयोग गरिएको हुनसक्छ । सिरियामा मानव अधिकारको अवस्था खोजविनका लागि राष्ट्रसंघीय आयोगले भनेको छ, “हामीले विद्रोही नियन्त्रित क्षेत्रमा रासायनिक हतियारको प्रयोग भएको भन्ने धेरै विवरणहरू पाएका छौँ । यसबारे आयोगको ध्यानाकर्षण भएको र अनुसन्धान अघि बढाइएको छ ।”
क्लोरिन ग्यास प्रयोग भएको हतियार विद्रोही नियन्त्रित इदलिबको साराकेब तथा दौमाको पूर्वी गुटामा प्रयोग भएको विवरण आएपछि छानबिन शुरु गरेको राष्ट्रसंघको भनाई छ ।
“यस विषयमा हामीले छिट्टै नै सत्यतथ्य बाहिर ल्याउने छौँ” ती अधिकारीले भनेका छन् । सो नगरमा पछिल्लो हप्तामात्र भएको यस्तो हिंसात्मक हमलाका कारण सयौँ सर्वसाधारणको ज्यान गएको छ ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











