गाउँ गाउँमा रिचार्ज कार्डका घुम्ती व्यापारी
कालीकोट, १७ फागुन । बिहान उठ्ने बित्तिकै नरहरिनाथ गाउँपालिकाका अनरुप विष्ट गाउँ गाउँका खुद्रा पसल चहार्नु हुन्छ । उहाँले सदरमुकामबाट रिचार्ज कार्ड ल्याएर गाउँ गाउँमा बिक्री गर्नुहुन्छ ।
विष्टले गाउँ गाउँमा पुगेर मासिक रु तीन लाखदेखि रु चार लाखसम्मको रिजार्च कार्ड बिक्री गर्नुहुन्छ । उहाँले रिचार्ज कार्ड बिक्री गरेर मासिकरुपमा रु १२ हजारदेखि रु १५ हजारसम्म आम्दानी गर्नुहुन्छ ।
“निश्चित व्यापारीलाई ग्राहक बनाएको छु,” विष्टले भन्नुभयो । यसबाट आफूलाई घरखर्च र बालबच्चाको पठनपाठनका लागि सहज भएको उहाँको भनाइ छ । जिल्लाका दुर्गम ग्रामीण क्षेत्रमा रु १०० को रिचार्जको कमिसन रु १० देखि २० सम्म लिने गरिएको छ । “महिनामा रु पाँच लाखसम्मको रिचार्ज कार्ड बिक्री हुन्छ,” उहाँले भन्नुभयो । गाउँका अधिकांश खुद्रा पसलबाट रिचार्ज कार्ड बिक्री हुन्छ । रिजार्च कार्ड ल्याउन सदरमुकाम आउजाउ गर्दा अत्यधिक खर्च हुन्छ ।
यस्तै, नरहरिनाथ–३ का व्यापारी भावना बुढा गाउँमै नियमित रुपमा रिजार्ड कार्ड प्राप्त हुँदा सहज भएको बताउनुहुन्छ । जिल्लाको अति विकट मानिएको पलांता गाउँपालिकामा रु १०० को रिजार्च कार्डमा रु २० सम्म थप रकम लिने गरेको पाइएको छ । अहिले अधिकांश नागरिक फेसबुक र अन्य सामाजिक सञ्जालमा जोडिएका कारण रिचार्ज कार्डको माग बढ्दो छ । (रासस)
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...













