सुखानी दिवसकै दिन संसद अधिवेशन
काठमाडौं,२१ फागुन,। फागुन २१ गते सुखानी दिवसकै दिन पारेर संघीय संसदको पहिलो बैठक आह्वान गरिएको स्रोतले जनाएको छ । प्रधानमन्त्रीले सुखानी दिवसकै अवसर पारेर संसद अधिवेशन बोलाएको स्रोतको दावी छ । सुखानीसँग एमालेको भावना गाँसिएको छ । ओलीसहितका नेताले २०२८ सालमा झापा क्रान्तिबाट नेपालमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन थालेका थिए ।
२०२९ साल फागुन २१ गते तत्कालिन झापाली कम्युनिस्ट क्रान्तिकारीहरुलाई पन्चायती शासकले जेल सार्ने बहानामा सुखानीको जंगलमा लगेर हत्या गरेका थिए । केपी ओलीसँगै क्रान्तिमा होमिएका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई जेल सार्ने बहानामा झापाको सुखानीमा हत्या गरिएको ओलीले ट्वीटमार्फत स्मरण गरेका छन् ।
हरेक वर्ष कम्युनिष्ट आस्थावानहरुले कम्युनिष्ट आन्दोलनमा मुलुककै महत्वपूर्ण इतिहास बोकेको सुखानी काण्डमा मारिएका सहिदहरुलाई सम्झिने गरेका छन् । ४३ वर्षअघि कम्युनिष्ट आन्दोलनका क्रममा पाँचजनाले सहादत प्राप्त गरेको घटना ‘सुखानी काण्ड’ले देशभर परिचित छ । कम्युनिष्ट आन्दोलनलाई उचाइमा पु¥याउने झापा विद्रोह संगै ढलेका तिनै सहिदहरु गतवर्षबाट बल्ल पूर्णकदको शालिकमा भएपनि उभिन पाएका छन् भने यो वर्षबाट शहीदको नाममा दर्ज हुन पाएका छन्
झापा आन्दोलनका क्रममा तत्कालिन भूमिगत कम्युनिष्ट पार्टीका तत्कालीन मेची–कोशी को–अर्डिनेसन कमिटीबाट विद्रोह गरेर बनेको कोअर्डिनेसन कमिटी, झापाले वर्गशत्रु खतम अभियान र तत्कालीन पञ्चायती दमनको विरुद्ध मोर्चाबन्दी गरेको आरोपमा पक्राउ परेका पाँचजना योद्धालाई झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने बहानामा २०२९ फागुन २१ गते सुखानीको जंगलमा लगेर हत्या गरिएको थियो ।
सुखानी दिवसकै अवसरमा एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सुखानीका शहीदले देखाएको बाटो कहिल्यै नभुल्ने बताए ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












