भारतमा सवारी दुर्घटनामा २५ को मृत्यु
नयाँ दिल्ली, २२ फागुन । भारतको पश्चिमी राज्य गुजरातमा विवाहको भोजमा जान लागेका व्यक्तिहरु बोकेको एक ट्रक मङ्गलबार बिहान दुर्घटनाग्रस्त हुदा कम्तीमा २५ जनाको ज्यान गएको दुःखद समाचार छ ।
विवाह भोजमा सहभागी हुन लागेका व्यक्तिलाई लिएर गुडिरहेको ट्रक सडकबाट गहिरो खोँचमा खस्दा कम्तीमा पनि २५ व्यक्तिको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
गुजरातको एक स्थानीय टेलिभिजन च्यानल न्युज–१८ ले उक्त जानकारी दिएको छ । गुजरात राज्यको भावनानगर क्षेत्रमा उक्त दुर्घटना भएको थियो ।
एकजना स्थानीय नागरिकको विवाहको भोजका लागि सहभागीहरु बोकेर सो ट्रक एक स्थानीय होटलतर्फ गइरहेको बताइएको छ ।
यस घटनामा परी अरु के कति व्यक्ति घाइते भएका छन् भन्ने बारेमा भने प्रष्ट गरिएको छैन । तर घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको जानकारी प्रहरीले दिएको छ ।
उक्त दुर्घटनाको उद्धारकार्य जारी रहेको जानकारी दिइएको छ । प्रहरीका वरिष्ठ अधिकारीहरु दुर्घटनास्थलमा पुगेका छन् र उनीहरुले तीब्र रुपमा उद्धारकार्य जारी राख्न भनेका छन् ।
यस दुर्घटनाको विस्तृत विवरण हाल प्राप्त भएको छैन । उद्धारकार्य जारी रहेकोले केही समयमा घटनाबारे सबै तथ्य सार्वजनिक हुने अधिकारीहरुले बताएका छन् । (रासस÷सिन्ह्वा)
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...













