गुटामा हिंसाको त्रास नरोकिएपछि राष्ट्रसंघीय सहायताकर्मीले कार्यक्रम छोट्याए, सोमबार ६८ जना मारिए
दमासकास, २२ फागुन । सोमबार सिरियाको गुटा क्षेत्रनजिकै पुगेका संयुक्त राष्ट्रसंघीय सहायताकर्मीको एक समूहले सहायता वितरणको आफ्नो कार्यक्रम छोट्याउने भएको छ ।
सो क्षेत्रमा केही हप्तायतादेखि हिंसा जारी रहेका कारण मानवीय सहायता तथा आधारभूत आवश्यकताको अभाव भएको छ । सोही कारण सोमबार गुटाको नजिकैको क्षेत्रमा पुगेर सहायताकर्मीले अत्यावश्यकीय सामान भने सानै मात्रामा भएपनि वितरण गरेको जनाइएको थियो ।
सोमबार पनि हिंसाको त्रास नरोकिएको भन्दै उक्त संस्थाले आफ्ना कार्यक्रमलाई छोट्याउन लागेको बताइएको हो । न्युनतम आवश्यकताको पनि अभाव भएका कारण यहाँका नागरिक निकै मर्कामा परेका छन् ।
उता सोमबार पनि हिंसात्मक हमला जारी रहेको बताइएको छ । सिरियाको गुटा क्षेत्रको नजिकै पुगेका राष्ट्रसंघीय सहायताकर्मीले सहायता वितरण गरिरहेका बेला यता सैनिकका हवाई हमला भने रोकिएका छैनन् ।
अधिकारवादीले उक्त क्षेत्रमा हवाई हमला जारी नै रहेको जानकारी दिएका छन् । उनीहरुकाअनुसार सो हमलामा परी सोमबार पनि विभिन्न क्षेत्रमा गरी कम्तीमा पनि ६८ जनाको ज्यान गएको बताइएको छ ।
सहयताकर्मीले यसरी समस्यामा परेका नागरिकलाई सहयोग पु¥याउनका लागि सेनाले पनि कुनै पहल गरेको छैन । उल्टै उक्त हमलाका कारण यस्तो सहयोग सामाग्री पनि पु¥याउन नसकिएको उनीहरु बताउँदै आएका छन् ।
राष्ट्रसंघीय सहायता कार्यक्रमका एकजना अधिकारी भन्छन्– हामीले तल सामाग्री वितरण गरिरहेका छौँ तर आक्रमण भने रोकिएको छैन । सोमबार दिनभरजसो यस्तै त्रासमा रहेरै सामग्री वितरण गर्नुपरेको थियो ।
गएका दुई हप्तायतादेखि सो क्षेत्रमा कोही पनि जान नसकेकोले युद्धको चेपुवामा परेका मानिस खान नपाएर मरिरहेको बताइएको थियो । सो हमलापछि सोमबार पहिलो पटक सहायता सामाग्री त्यहाँ पुगेको हो ।
ती अधिकारीका अनुसार यस्तो सहयोग सामाग्री बोकेका २४ वटा ट्रक सोमबार नै पूर्वी गुटाको डुआमा जिल्लामा पुगेर अप्ठेरोमा परेका मानिसलाई सहायता बाँडेका थिए ।
रुसी र सिरियाली सेनाले गरेको हमलाका कारण चेपुवामा परेका नागरिकलाई कुनै सहायता सामग्री पनि उपलब्ध गराउन नसकिएको जानकारी यसअघि राष्ट्रसंघले दिँदै आएको छ ।
मानवअधिकारका लागि राष्ट्रसंघीय उच्च आयुक्त जेइड राअड अल हुसेनले गुटामा दशौँ हजार नागरिक गत पाँच वर्षयता चेपुवामा परेका बताउनुभयो । त्यहाँका नागरिक आधारभूत आवश्यकताबाट समेत बञ्चित भएका छन् ।
गुटा क्षेत्रमा अत्याधिक असुरक्षा भएपछि धैरै नागरिक विस्थापित भएका छन् । उनीहरू सुरक्षित ठाउँ खोज्दै अन्यत्र गएको पाइएको छ । उनीहरूलाई सुरक्षित शिविरहरूको खाँचो रहेको भए पनि उपलब्ध गराउन नसकिएको बताइएको छ ।
गुटामा ७६० सर्वसाधारण मारिए, ज्यान जानेमा १७० बालबालिका
यसैबीच गुटामा जारी रहेको हिंसाको पछिल्लो तथ्यांकअुनसार गएको दुई सातायतामात्र उक्त क्षेत्रमा ७६० जना सर्वसाधारण मारिएका बताइएको छ ।
सिरियामा जारी रहेको करिब सात वर्ष लामो द्वन्द्वको क्रममा हालै गुटामा भएको हिंसालाई एउटा ठूलो रक्तपातपूर्ण कारबाहीको रूपमा हेरिएको छ । उक्त कारबाहीको विश्वव्यापीरुपमा नै निन्दा गरिएको छ ।
पछिल्लो कारबाहीमा परी १७० जना बालबालिका पनि परेका उक्त क्षेत्रका मानवअधिकारवादीले जनाएका छन् । उनीहरुले दुई सातामा मात्र ७६० जना मारिएका र त्यसमा १७० जना बालबालिका परेका जनाएका छन् ।
सिरियामा जारी रहेको गृहयुद्धको सुरुदेखि नै अनुगमन गरिरहेको अधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले गुटामा अहिले पनि हिंसा जारी नै रहेकोले यसमा परी ज्यान जानेको संख्या प्रतिदिन बढ्दो रहेको जनाएको छ ।
उक्त संस्थाले गुटामा सोमबार सहायता वितरणका समयमा पनि हिंसा नरोकिनु अत्यन्तै दुःखद अवस्था भएको पनि उक्त संस्थाले बताएको समाचारमा जनाइएको छ ।
(रासस÷सिन्ह्वा)
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...













