गुटामा हिंसाको त्रास नरोकिएपछि राष्ट्रसंघीय सहायताकर्मीले कार्यक्रम छोट्याए, सोमबार ६८ जना मारिए
दमासकास, २२ फागुन । सोमबार सिरियाको गुटा क्षेत्रनजिकै पुगेका संयुक्त राष्ट्रसंघीय सहायताकर्मीको एक समूहले सहायता वितरणको आफ्नो कार्यक्रम छोट्याउने भएको छ ।
सो क्षेत्रमा केही हप्तायतादेखि हिंसा जारी रहेका कारण मानवीय सहायता तथा आधारभूत आवश्यकताको अभाव भएको छ । सोही कारण सोमबार गुटाको नजिकैको क्षेत्रमा पुगेर सहायताकर्मीले अत्यावश्यकीय सामान भने सानै मात्रामा भएपनि वितरण गरेको जनाइएको थियो ।
सोमबार पनि हिंसाको त्रास नरोकिएको भन्दै उक्त संस्थाले आफ्ना कार्यक्रमलाई छोट्याउन लागेको बताइएको हो । न्युनतम आवश्यकताको पनि अभाव भएका कारण यहाँका नागरिक निकै मर्कामा परेका छन् ।
उता सोमबार पनि हिंसात्मक हमला जारी रहेको बताइएको छ । सिरियाको गुटा क्षेत्रको नजिकै पुगेका राष्ट्रसंघीय सहायताकर्मीले सहायता वितरण गरिरहेका बेला यता सैनिकका हवाई हमला भने रोकिएका छैनन् ।
अधिकारवादीले उक्त क्षेत्रमा हवाई हमला जारी नै रहेको जानकारी दिएका छन् । उनीहरुकाअनुसार सो हमलामा परी सोमबार पनि विभिन्न क्षेत्रमा गरी कम्तीमा पनि ६८ जनाको ज्यान गएको बताइएको छ ।
सहयताकर्मीले यसरी समस्यामा परेका नागरिकलाई सहयोग पु¥याउनका लागि सेनाले पनि कुनै पहल गरेको छैन । उल्टै उक्त हमलाका कारण यस्तो सहयोग सामाग्री पनि पु¥याउन नसकिएको उनीहरु बताउँदै आएका छन् ।
राष्ट्रसंघीय सहायता कार्यक्रमका एकजना अधिकारी भन्छन्– हामीले तल सामाग्री वितरण गरिरहेका छौँ तर आक्रमण भने रोकिएको छैन । सोमबार दिनभरजसो यस्तै त्रासमा रहेरै सामग्री वितरण गर्नुपरेको थियो ।
गएका दुई हप्तायतादेखि सो क्षेत्रमा कोही पनि जान नसकेकोले युद्धको चेपुवामा परेका मानिस खान नपाएर मरिरहेको बताइएको थियो । सो हमलापछि सोमबार पहिलो पटक सहायता सामाग्री त्यहाँ पुगेको हो ।
ती अधिकारीका अनुसार यस्तो सहयोग सामाग्री बोकेका २४ वटा ट्रक सोमबार नै पूर्वी गुटाको डुआमा जिल्लामा पुगेर अप्ठेरोमा परेका मानिसलाई सहायता बाँडेका थिए ।
रुसी र सिरियाली सेनाले गरेको हमलाका कारण चेपुवामा परेका नागरिकलाई कुनै सहायता सामग्री पनि उपलब्ध गराउन नसकिएको जानकारी यसअघि राष्ट्रसंघले दिँदै आएको छ ।
मानवअधिकारका लागि राष्ट्रसंघीय उच्च आयुक्त जेइड राअड अल हुसेनले गुटामा दशौँ हजार नागरिक गत पाँच वर्षयता चेपुवामा परेका बताउनुभयो । त्यहाँका नागरिक आधारभूत आवश्यकताबाट समेत बञ्चित भएका छन् ।
गुटा क्षेत्रमा अत्याधिक असुरक्षा भएपछि धैरै नागरिक विस्थापित भएका छन् । उनीहरू सुरक्षित ठाउँ खोज्दै अन्यत्र गएको पाइएको छ । उनीहरूलाई सुरक्षित शिविरहरूको खाँचो रहेको भए पनि उपलब्ध गराउन नसकिएको बताइएको छ ।
गुटामा ७६० सर्वसाधारण मारिए, ज्यान जानेमा १७० बालबालिका
यसैबीच गुटामा जारी रहेको हिंसाको पछिल्लो तथ्यांकअुनसार गएको दुई सातायतामात्र उक्त क्षेत्रमा ७६० जना सर्वसाधारण मारिएका बताइएको छ ।
सिरियामा जारी रहेको करिब सात वर्ष लामो द्वन्द्वको क्रममा हालै गुटामा भएको हिंसालाई एउटा ठूलो रक्तपातपूर्ण कारबाहीको रूपमा हेरिएको छ । उक्त कारबाहीको विश्वव्यापीरुपमा नै निन्दा गरिएको छ ।
पछिल्लो कारबाहीमा परी १७० जना बालबालिका पनि परेका उक्त क्षेत्रका मानवअधिकारवादीले जनाएका छन् । उनीहरुले दुई सातामा मात्र ७६० जना मारिएका र त्यसमा १७० जना बालबालिका परेका जनाएका छन् ।
सिरियामा जारी रहेको गृहयुद्धको सुरुदेखि नै अनुगमन गरिरहेको अधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले गुटामा अहिले पनि हिंसा जारी नै रहेकोले यसमा परी ज्यान जानेको संख्या प्रतिदिन बढ्दो रहेको जनाएको छ ।
उक्त संस्थाले गुटामा सोमबार सहायता वितरणका समयमा पनि हिंसा नरोकिनु अत्यन्तै दुःखद अवस्था भएको पनि उक्त संस्थाले बताएको समाचारमा जनाइएको छ ।
(रासस÷सिन्ह्वा)
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...













