साइकलमा च्याउ डुलाउने बाबुराम कार चढ्छन्
रत्ननगर, चितवन, २७ फागुन । चितवनको कालिका नगरपालिका वडा नं ३ पदमपुरका बाबुराम केसीले एउटा झुप्रोबाट च्याउ खेती शुरु गर्नुभएको थियो । विसं २०५६ मा च्याउ खेती शुरु गर्नुभएका केसी अहिले छ कट्ठामा च्याउ लगाउनुहुन्छ । साइकलमा च्याउ डुलाउनुहुन्थ्यो, अहिले गाडीमा हिँड्नुहुन्छ । च्याउ बेचेरै जग्गा समेत जोड्नुभयो ।
कन्ने र गोब्रे च्याउ लगाउँदै आउनुभएका उहाँ दैनिक औसत १०० किलो च्याउ उत्पादन गर्नुहुन्छ । ‘यहीँ हो विदेश, यहीँ छ कमाइ,’ केसीले भन्नुभयो – ‘मेहनत गरे जुन पेशाबाट पनि कमाइ हुन्छ ।’ कहिलेकाहीँ दिनमा ४०० केजीसम्म उत्पादन हुन्छ ।
विसं २०५६ मा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले जंगलमा मानवीय चाप घटाउन गाउँका स्थानीयवासीलाई आयआर्जनका लागि च्याउखेती तालीम दिएको थियो । वन्यजन्तु संरक्षण गर्नु यसको मुख्य उद्देश्य थियो । शुरुमा केसीसहित १० जनाले तालीम लिएका थिए ।
त्यो बेला ग्रामीण कृषक समूह गठन गरेर च्याउ खेती शुरु भएको केसी सम्झनुहुन्छ । उक्त समूहमा अहिले मासिक ३०० बचत गर्नुहुन्छ उहाँ ।
सामान्य खेती किसानी गरेर जीविका चलाउन उहाँलाई पहिले निक्कै समस्या थियो । त्यो बेलाको खेती पनि वन्यजन्तुले खाइदिन्थ्यो । अहिले आफ्नो जीवन फेरिएको छ भन्नुहुन्छ केसी ।
च्याउबाट खर्च कटाएर मासिक रु १ लाख न्यूनतम कमाई हुने उहाँको भनाइ छ । उहाँले प्रतिकिलो रु १२० मा थोकमा च्याउ बेच्नुहुन्छ । बजारमा खुद्रा मूल्य प्रतिकिलो रु २०० देखि २५० सम्म पर्छ । विगतमा भारतमा मजदुरी गरेको अनुभव केसीसँग छ । त्यसपछि नेपाल आएर जग्गा नापीमा समेत काम गर्नुभयो उहाँले ।
‘जब च्याउ खेती शुरु भयो दुःखका दिन गए,’ केसीले भन्नुभयो – अहिलेको पेशाबाट निक्कै आनन्दित छु ।’ उहाँले खेती शुरु गरेदेखि पछि फर्कनु परेको छैन ।
झुप्रोबाट खेती शुरु गर्नुभएका उहाँको अहिले च्याउका ६ वटा ठूला घर छन् । विस्तार गर्दै उहाँले अहिले ६ कट्ठामा च्याउ खेती गरिरहनुभएको छ ।
उहाँलाई पत्नी सीता केसीले सघाउनुहुन्छ । ‘उहाँले बजार हेर्नुहुन्छ, यहाँको व्यवस्थापन म स्वयं गर्छु,’ सीताले भन्नुभयो । च्याउको मौसमका बेला १२÷१५ जनासम्म कामदार राख्ने गरिन्छ । अहिले व्यावसायिक च्याउ खेतीका सफल किसानको रुपमा केसी परिवार छन् । च्याउ बेचेर गाडी, मोटरसाइकल सहित रु ५० लाखमा ३ कट्ठा जग्गा समेत जोडिसक्नुभएको छ ।
विसं २०५६ मा जब राष्ट्रिय प्रकृति संरक्षण कोषबाट तालीम लिएपछि उहाँले तीन प्याकेट च्याउको बीऊ र रु १० हजार बराबरको सामग्री पाउनुभएको थियो । झुप्रोमा च्याउ खेती गर्दा पहिलो पटक ३५ किलोग्राम उत्पादन भयो । ‘त्यो बेलाको खुशीको सीमा नै भएन,’ केसीले भन्नुभयो । विस्तारै उहाँले खेती बढाउन थाल्नुभयो । शुरुमा उहाँसँग एउटा साइकल मात्र थियो । त्यही साइकलमा उहाँले उत्पादित च्याउ बोकेर गाउँ शहर डुलाउनुहुन्थ्यो ।
बुटबल र हेटौँडासम्म साइकलमा च्याउ लगेर बेचेको अनुभव उहाँसँग छ । नारायणगढसम्म साइकलमा जाने, साइकलसहित च्याउ गाडीमा राख्ने, बुटबल पुगेपछि झार्ने अनि साइकलमा डुलाउने । केही वर्ष यसरी बिताउनुभयो उहाँले । साइकलको सहारामा च्याउ बेचेर कमाएको पैसाले उहाँले खेती विस्तार गर्नुभयो ।
‘मैले साइकलमा १० वर्ष च्याउ बेचें,’ केसी भन्नुहुन्छ – त्यो साइकल अझै माया लागेर झुण्ड्याएर राखेको छु ।’ च्याउ घरभित्रै सिलिंगमा साइकल खिया लागेको अबस्थामा अझै झुण्डिएको छ । कमाइ बढेपछि उहाँले साइकल छाडेर मोटरसाइकल किन्नुभयो । त्यसमै राखेर च्याउ बेच्नुभयो ।
अहिले उहाँ कारमा च्याउ लैजानुहुन्छ । पहिले साइकलमा गाउँगाउँ डुलाउने उहाँलाई अब त्यसरी दुःख गर्नुपर्दैन । घरमै लिन आउँछन् । नभए थोक पसलमा लगेर छाड्नुहुन्छ । सरकारी सहयोग भने अहिलेसम्म एक रुपैयाँ पनि नपाएको गुनासो केसीको छ ।
अहिले केसी च्याउको बीऊसमेत उत्पादन गर्नुहुन्छ । उहाँलाई १२÷ १४ हजार प्याकेट बीऊ लाग्छ । अरु बाँकी उत्पादित बीऊ बेच्नुहुन्छ । विभिन्न स्थानबाट बीऊ लिन उहाँकहाँ आउने गरेको शुरुको सहयोगी संस्था राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका संरक्षण अधिकृत सन्तोष भट्टराई बताउनुहुन्छ । लागत अनुसारको मूल्य नपाउँदा भने उहाँ अलि दुःखी हुनुहुन्छ ।
शुरुमा च्याउ खेती गर्दा जति मूल्य थियो, अहिले पनि त्यही मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको उहाँले दुःखेसो गर्नुभयो । तैपनि अहिले यो पेशामा उहाँ सन्तुष्ट हुनुहुन्छ ।
च्याउखेती सिकेर उहाँले सीप समेत बाँड्नुभयो । अहिले एकसय जनालाई च्याउ खेत गर्ने सीप सिकाइसकेको केसी बताउनुहुन्छ । जिल्लाकै च्याउ खेतीका नमूना किसानको रुपमा उहाँ परिचित हुनुहुन्छ । (रासस)
Comments
अरु समाचार
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने निष्कर्षमा सरकार
कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
ग्यास सिलिण्डर कालोबजारी नियन्त्रणका लागि विभाग सक्रिय, ६ हजार सिलिन्डर बरामद
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यास उद्योगको गोदामबाट ठूलो मात्रामा ग्यास सिलिन्डर लुकाएर...
-
पेट्रोलमा १५ रुपैयाँ र डिजेल र मट्टीतेलमा १० रुपैयाँ बढ्यो
काठमाडाैँ । मध्यपूर्वी क्षेत्रमा तनाव चर्किरहेका बेला नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर १५...
-
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय...
-
चार लेन सडक निर्माणका लागि विद्युत् पोल हटाइँदै
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले...
-
ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध
काठमाडौं । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ ।...













