पूर्व प्रधानमन्त्री शरीफलाई लक्षित गरी जुत्ता प्रहार
लाहोर, पाकिस्तान, २७ फागुन । आइतबार पाकिस्तानी शहर लाहोरमा पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीसफलाई लक्षित गरी एक व्यक्तिले जुत्ता प्रहार गरेका पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ ।
जमिया नाइमिया नामक मश्जिदमा आयोजित मुश्लिम धर्मगुरु मफ्ती मोहम्मद हुसैन नाइमीको वार्षिक पुण्य तिथिका अवसरमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्ने क्रममा शरीफमाथि आक्रमण भएको बताइएको छ ।
पाकिस्तानमा पछिल्ला केही दिनमा उच्च स्तरीय राजनीतिक नेतृत्वलाई लक्षित गरी आक्रमण प्रयास भएका छन् ।
पूर्व प्रधानमन्त्री शरीफलाई जुत्ता आक्रमण प्रयास भएपनि शरीफले आफ्नो सम्बोधनलाई नरोके पनि छोट्ट्याउनु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
उहाँले मृतात्माको शान्तिका लागि प्रार्थना गर्दै श्रद्धाञ्जली सभा आयोजना गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्दै छोटो मन्तव्य मात्र राख्नुभएको थियो । उक्त अवसरमा मृतक धर्मगुरू नाइमियाको जीवन र योगदानको पूर्व प्रधानमन्त्री शरीफले प्रशंसा गर्नुभएको थियो ।
आक्रमणकारीलाई सभामा उपस्थित समूहले समाती कुटपिट गरी पछि प्रहरीलाई जिम्मा लगाएका थिए ।
घटनाको अनुसन्धान शुरु भएको पाकिस्तानी अधिकारीले बताएका छन् । पाकिस्तानी पूर्व प्रधानमन्त्री शरीफलाई अतिविश्वास नदेखाउन पाकिस्तानी प्रतिपक्षी दल शेख रसिद् आग्रह गर्दै घटनाप्रति दुःख व्यक्त गर्नुभएको थियो ।
यसपहिले शनिबार पनि एक व्यक्तिले पाकिस्तानका विदेशमन्त्री खावाजा असिफलाई शरीफको दलको सम्मेलन भइरहेको स्थलमा मसी दलेका थिए । गत फेब्रुवरी २४ गते पनि पाकिस्तानी गृह, योजना विकास तथा सुधार मन्त्री अहसान एकवालमाथि सार्वजनिक सम्वोधनका क्रममा जुत्ता प्रहार गरिएको थियो । (रासस÷एएनआई)
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...













