उत्तर कोरियासँगको वार्तामा महत्वपूर्ण सहमति हुनसक्छः राष्ट्रपति ट्रम्प
वासिङ्टन, २८ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्ता सकारात्मक मात्र नभएर महत्वपूर्ण पनि हुनसक्छ भन्नुभएको छ ।
उहाँले भन्नुभयो– “सो वार्ता सकारात्मक छ र उत्तरले आश्वासन दिएबमोजिम सो वार्तामा महत्वपूर्ण उपलब्धि पनि हुने सम्भावना अत्यधिक रहेको छ । ”
राष्ट्रपति ट्रम्पले आइतबार सो धारणा राख्नुभएको हो । उहाँले उत्तर कोरियाली नेता किम जङ उनले आगामी दिनमा अणुअस्त्रको उत्पादन र जथाभावी परीक्षणको कार्य नगर्ने प्रतिबद्धता जनाएको कारण आफूले वार्तामा बस्न सहमति जनाएको पनि बताउनुभयो ।
उहाँले उत्तर कोरियासँगको वार्ताका लागि आफू उत्साही रहेको शनिबार मात्र बताउनुभएको थियो । उहाँले शनिबार यस वार्तालाई विश्वले नै बडो चासोका साथ हेर्ने पनि दाबी गर्नुभएको थियो ।
यही वार्ताकै लागि आफूले जापान र दक्षिण कोरियाका नेताहरुसँग पनि कुराकानी गरेको र उनीहरुको पनि समर्थन र सहयोग रहेको खुलासा उहाँले गर्नुभएको थियो ।
मलाई उत्तर कोरियाले अणुअस्त्रको परीक्षण रोक्ने आश्वासन दिएका छन् र उनीहरुले आगामी दिनमा गर्ने सम्भावना पनि छैन, त्यसैले मलाई यो वार्ताप्रति उत्साह जागेको छ– उहाँले भन्नुभयो ।
समाचारमा आएअनुसार उत्तर कोरियाली नेता किम जङ उन र राष्ट्रपति ट्रम्पबीच आगामी मे महिनाको अन्तिमतिर भेटवार्ता हुने भएको छ ।
वार्तामा बस्ने उत्तर कोरियाली नेता उनको आमन्त्रण स्वीकार गर्नुअघि राष्ट्रपति ट्रम्पले जापानी प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिसँग फोनवार्ता गर्नुभएको पनि बताइएको छ ।
वार्ताको तयारी पुगेको छैन– क्लिन्टन
यसैबीच अमेरिकी डिमोक्र्याटिक पार्टीकी नेत्री तथा पूर्वअमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले ट्रम्प प्रशासनले उत्तर कोरियासँग गर्ने भनेको वार्ताका लागि आवश्यक तयारी नै नगरेको बताउनुभएको छ ।
उहँले उत्तर कोरियासँगको वार्ता त्यति सहज नरहेको भन्दै वार्ता गर्दाको संवेदनशीलता ट्रम्प प्रशासनले अहिलेसम्म पनि नबुझेको आफूले पाएको बताउनुभएको एक समाचारमा जनाइएको छ ।
यस संवेदनशील वार्तालाई सघाउनका लागि गर्नुपर्ने कूटनीतिक तयारी ट्रम्प प्रशानसले गर्न सक्नेमा आफू विश्वस्त नरहेको उहाँको भनाई थियो ।
पूर्व विदेशमन्त्री क्लिन्टनले एक पत्रिकालाई दिनुभएको अन्तर्वार्तामा भन्नुभएको छ– किम जङ उनसँग आणविक हतियारका विषयमा वार्ता गर्नुपूर्व धरै कुरामा विचार गर्नुपर्छ र त्यस वार्ताको सम्वेदनशीलता बमोजिम तयारी पनि गर्नुपर्छ ।
अमेरिकी नेत्री क्लिन्टनले ट्रम्प प्रशासनले विदेश मन्त्रालयलाई पछिल्लो समय आएर कमजोर बनाएको आरोप लगाउँदै अहिलेकै अवस्थामा उत्तर कोरियासँगको वार्ता सफल हुनेमा आफू विश्वस्त नरहेको बताउनुभएको थियो ।
अमेरिकाका वरिष्ठ कूटनीतिज्ञहरुको व्यापक तयारी बिना वार्तामा बस्न पनि सम्भव छैन र यो वार्ताको सम्वेदनशीलता र खतरालाई ट्रम्प सरकारले बुझेको जस्तो मलाई लाग्दैन– उहाँले भन्नुभएको छ ।
तयार गरेरमात्र वार्ता हुन्छ– स्याण्डर्स्
उता राष्ट्रपति डोनल्ड ट्रम्पका एकजना प्रवक्ताले वासिङ्टनले उत्तर कोरियाका आगामी दिनका कदमहरू हेरेर र व्यापक तयारी गरेरमात्र उसँग वार्ता हुने बताउनुभएको छ ।
प्रवक्ता सेराह स्यान्डर्सले उत्तर कोरियाका आगामी दिनका कारबाहीहरु नहेर्दासम्म राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जङ उनबीच वार्ताको हतार नगरिने स्पष्ट गर्नुभएको हो ।
उहाँले भन्नुभयो–“वार्तामा खासमा उत्तर कोरियालाई परमाणुअस्त्रको होडबाट निशस्त्रीकरणसम्म पु¥याउने एक महत्वपूर्ण कमद हुनुपर्छ र त्यस कार्यका लागि ट्रम्प प्रशासनले व्यापक मात्रामा तयारी गर्नेछ ।”
गएको बिहीबार अमेरिकाको भ्रमण पुगेका दक्षिण कोरियाली एकजना दूतले दुई नेताबीचको वार्ता आउँदो मे महिनामा हुने बताएका थिए ।
तर सो वार्ता कहाँ र कुन मितिमा हुने भन्ने बारेमा भने निश्चित भएको छैन । यस वार्तालाई संसारका मिडियाले पनि बडो रोचक रुपमा पछ््याइरहेका बताइन्छ ।(रासस÷एएफपी)
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...













