आवश्यक कानूनको अभावमा जनप्रतिनिधि अन्योलमा
पोखरा, ३० फागुन । निर्वाचित भएको १० महिना बितिसक्दा पनि आवश्यक कानूनको अभावमा स्थानीय सरकारको नेतृत्वमा रहेका जनप्रतिनिधि यतिखेर अन्योलमा छन् ।
स्थानीय सरकार सञ्चालनका लागि संवैधानिक रुपमा अधिकार किटान गरिएकोमा त्यसको उपयोगका लागि कानून आवश्यक भए पनि त्यो बन्न नसक्दा जनप्रतिनिधिलाई समस्या भएको हो ।
कानून बन्न नसक्दा अपेक्षा गरेअनुरुप जनताका आकांक्षा पूरा गर्न नसकिएको माछापुच्छ«े गाउँपालिकाका प्रमुख कर्णबहादुर गुरुङले बताउनुभयो ।
“हामी कानूनका जानकार होइनौँ, गाउँपालिकामा कानूनविज्ञको दरबन्दीसमेत छैन,” उहाँले भन्नुभयो, “आवश्यक कानून निर्माणमा सहयोग लिनका लागि राष्ट्रिय पत्रिकामा कानूनविज्ञ आवश्यक भएको भनी विज्ञापन गर्दा पनि कोही सम्पर्कमा आउनुभएन ।”
संविधानको अनुसूची–८ मा स्थानीय तहको २२ वटा अधिकारको सूची उल्लेख गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐनमा प्रत्येक अधिकारको कार्यान्वयनका लागि स्थानीय नीति, कानून एवं मापदण्ड बनाउनुपर्ने अनिवार्य व्यवस्था गरेको अध्यक्ष गुरुङले बताउनुभयो ।
उहाँका अनुसार कानून नहुँदा भोग्नुपरेका कठिनाइका बाबजुद पनि स्थानीय आवश्यकताका आधारमा प्राथमिकता निर्धारण गरी विकास निर्माणका कामलाई भने अघि बढाइएको छ ।
सडक पूर्वाधार यहाँको प्रमुख समस्याका रुपमा रहेका कारण चालू आवमा सडक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो । गाउँपालिकाले प्रदेशको केन्द्रबाट गाउँपालिका केन्द्र पुग्ने बाटोलाई पहिलो प्राथमिकतामा राखेको छ ।
त्यस्तै गाउँपालिकाबाट प्रत्येक वडा केन्द्र, वडा केन्द्रबाट वस्ती र वडा केन्द्रबाट प्रदेश केन्द्र पुग्ने गरी बाटो निर्माणलाई क्रमशः प्राथमिकतामा राखेको छ । गाउँपालिकालाई पर्यटकीय रुपमा विकास गर्न गुरुयोजना निर्माणको तयारी गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।
विश्वमा नै ख्याति कमाएको माछापुच्छ«े हिमाल यही गाउँपालिकामा पर्दछ । गाउँपालिकाको आयआर्जनको महत्वपूर्ण स्रोत बन्न सक्ने भए पनि यो त्यस रुपमा उपयोग हुन सकेको छैन ।
चालू आवका लागि लगभग रु ३० करोड विनियोजन गरेको माछापुच्छ«े गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी दवाडीले बताउनुभयो । “कूल बजेटमध्ये रु १२ करोड ७१ लाख शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा विनियोजन गरिएको छ,” उहाँले भन्नुभयो, “करिब रु १७ करोड विकास निर्माण एवं कृषि, पशुपालन, महिला तथा बालबालिकाका क्षेत्रमा विनियोजन गरिएको छ ।”
गाउँपालिकाभित्र आवश्यकताका आधारमा सडक निर्माणका साथै आगामी दुई वर्षभित्रमा एक घर÷एक धारा अभियानलाई साकार पार्ने योजनाका साथ काम भइरहेको उहाँले बताउनुभयो ।
आवश्यक कानूनको अभाव नै गाउँपालिकाको कामका लागि प्रमुख समस्याका रुपमा देखिएको बताउँदै उहाँले गाउँपालिकाको न्यायिक समितिका काममा पनि कानूनी सल्लाह अपरिहार्य भएको बताउनुभयो ।
न्यायिकरुपमा आउने समस्या सकेसम्म वडास्तरमा नै मिलाउने गरिएको बताउँदै उहाँले श्रीमान्÷श्रीमतीका झगडाका समस्या धेरै आउने गरेको जानकारी दिनुभयो ।
कानून निर्माणका लागि कानूनी सल्लाह दिने व्यक्तिको व्यवस्था हुनु अपरिहार्य भएको उहाँको भनाइ छ । माछापुच्छ«े गाउँपालिका पर्यटन, जलस्रोत एवं कृषिको धेरै सम्भावनायुक्त क्षेत्र भएको नेपाली काँग्रेस कास्कीका सदस्य विष्णुबहादुर क्षेत्रीले बताउनुभयो ।
यस गाउँपालिकामा घरबास पर्यटन र पदयात्रा पर्यटनको उच्च सम्भावना छ, उहाँले भन्नुभयो, “धम्पुसबाट पोथना, टोल्का हुँदै लान्द्रुक र त्यहाँबाट अन्नपूर्ण आधार शिविरसम्मको पदयात्रा मार्ग यहाँको अत्यन्त चर्चित पदमार्ग हो ।”
धम्पुसबाट पित्तम देउराली हुँदै मर्दी हिमाल पुग्ने अर्को पदमार्ग पनि उत्तिकै महत्वपूर्ण रहेको उहाँको भनाइ छ । स्थानीय साधनस्रोतको उपयोगका माध्यमबाट पनि गाउँपालिकालाई समृद्ध बनाउन सकिने बताउँदै उहाँले यहाँ पाइने दुर्लभ जडीबुटीका साथै मर्दी र सेती नदीबाट जलविद्युत् उत्पादन गरी गाउँपालिकालाई आर्थिकरुपमा समृद्ध बनाउन सकिन्छ ।
Comments
अरु समाचार
-
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति, रेकर्डबाट हटाउन माग
काठमाडौं । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को एक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार (जेठ १७) प्रतिनिधिसभा...
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...












