घाँसको बीउबाटै वार्षिक १० लाख आम्दानी
तेह्रथुम, ३० फागुन । पूर्वी नेपालमा बाहुल्य रहेका लिम्बू समुदायका धेरै युवा भारत, सिंगापुर र बेलायती सेनामा जागिर खाने र लाहुरे बन्ने रुची राख्छन् ।
उक्त समुदायमा सेनामा जागिर खानु इज्जतकै रुपमा लिने चलन छ । त्यसैले पनि धेरैले यस्तो सपना देख्छन् । कतिपयले ती सपना पुरा गर्छन् तर धेरैको अधुरै पनि रहन्छ ।
त्यस्तै सपना देख्नुभएको थियो लालीगुराँस नगरपालिका–९, सोल्मा सिंजेपुका दिलकुमार लिम्बूले । उहाँको सपना पूरा हुन सकेनँ । लाहुरे बन्ने सपना टुटेपछि अहिले ३१ वर्षीय लिम्बूले गाउँमा परिवारसँगै बसेर व्यावसायिक गाईपालन गरीरहनुभएको छ । उहाँले ‘याङहिङबाङ गाई फर्म’ चलाएर वार्षिक लाखौँ रुपैयाँ आम्दानी गरिरहनुभएको छ ।
विसं २०७२ मा खोलेको उहाँको गाई फर्ममा अहिले चारवटा उन्नत जातका दुधालु गाई छन् । “लाहुरे बन्ने धोकोले उमेरमा पढ्न सकिएनँ,” उहाँ भन्नुहुन्छ, “उमेर बितेपछि बुद्धि पलायो, स्वदेशमै बसेर पनि नाम र दाम दुवै कमाउन सकिने रहेछ ।”
उन्नति परियोजनाले म्याङलुङमा चलाएको गाईपालनसम्बन्धी तालीममा सहभागी भएपछि आफूलाई व्यावसायिक गाईपालन गर्ने प्रेरणा मिलेको उहाँ बताउनुहुन्छ । लिम्बूले शुरुमा इलामबाट पाँचवटा गाई ल्याएर फर्म खोल्नुभएको थियो । उहाँको अलैँची खेती पनि छ ।
गाई फर्मका लागि शुरुमा करिब रु १० लाख लगानी गरेको उहाँले बताउनुभयो । “फर्म दर्ता गरेपछि कृषि विकास बैंकले रु पाँच लाख ऋण दियो, बाँकी अलैँची बेचेर लगानी गरेँ,” लिम्बूले भन्नुभयो । अहिले गाईका लागि उन्नत जातको घाँसको खेती पनि उहाँ आफैँले लगाउनुभएको छ । उन्नत जातको घाँसको खेती गाउँमा थोरैको मात्र छ । उहाँले घाँसको बीउ पनि उत्पादन गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले घाँसको बीउबाट मनग्य आम्दानी हुन थालेको छ ।”
गोरखा, तनहँु र चितवनसम्म पुगेर उन्नत जातका घाँसको बीउ संकलन गरेको उहाँले बताउनुभयो । लिम्बूले संकलन गरेको घाँसको बीउ अहिले गाउँमा लोकप्रिय छ । सबैले उहाँकैबाट घाँसको बीउ खरिद गर्छन् । उहाँको फर्मबाट अहिले दैनिक ४० लिटर दूध बिक्री हुन्छ । दूधबाट मासिक रु ५० हजारभन्दा बढी आम्दानी हुने गरेको लिम्बुले बताउनुभयो ।
लिम्बूले उत्पादन गरेको दूध गाउँमा खुलेको तीनजुरे दुग्ध उत्पादक सहकारी संस्थाले खरिद गर्ने गरेको छ । यस वर्ष घाँसको बीउ बेचेर उहाँले रु १० लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । फर्मका लागि आवश्यक सामग्री ओसारपसार र दूध ढुवानीका लागि समस्या भएपछि अहिले उहाँले गाईफर्मकै आम्दानीबाट किस्तामा रु २२ लाखको गाडीसमेत किन्नुभएको छ ।
“गाडीबाट मासिक रु ७० हजारभन्दा बढी आम्दानी भइरहेको छ,” उहाँले बताउनुभयो । गाई फर्मदेखि घाँस खेती र दूध ढुवानी गर्न लिम्बू आफैँ खटिनुहुन्छ । गाई फर्म, अलैँची खेती, घाँस र गाडीबाट गरी यस वर्षमात्रै उहाँले रु २४ लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । “अहिले त राम्रै कमाइ भइरहेको छ, बैंकको ऋण पनि घट्दो क्रममा छ,” लिम्बूले भन्नुभयो– “त्यही आम्दानीबाट परिवारको सबै खर्च र घरखर्चसमेत चलाउनु पर्छ ।”
सबै खर्च कटाएर लिम्बूले मासिक रु एक लाखभन्दा बढी आम्दानी गरिरहनुभएको छ । “मेहनत गरे स्वदेशमै मनग्य कमाइ गर्न सकिने रहेछ,” लिम्बूले भन्नुभयो । जिल्लामा सफल र नमूना युवा व्यावसायिक कृषकको रुपमा परिचय बनाउनुभएका लिम्बू अहिले आफ्नो जातिको लोक संस्कृति संरक्षण र उत्थानमा समेत लाग्नुभएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...













