घाँसको बीउबाटै वार्षिक १० लाख आम्दानी
तेह्रथुम, ३० फागुन । पूर्वी नेपालमा बाहुल्य रहेका लिम्बू समुदायका धेरै युवा भारत, सिंगापुर र बेलायती सेनामा जागिर खाने र लाहुरे बन्ने रुची राख्छन् ।
उक्त समुदायमा सेनामा जागिर खानु इज्जतकै रुपमा लिने चलन छ । त्यसैले पनि धेरैले यस्तो सपना देख्छन् । कतिपयले ती सपना पुरा गर्छन् तर धेरैको अधुरै पनि रहन्छ ।
त्यस्तै सपना देख्नुभएको थियो लालीगुराँस नगरपालिका–९, सोल्मा सिंजेपुका दिलकुमार लिम्बूले । उहाँको सपना पूरा हुन सकेनँ । लाहुरे बन्ने सपना टुटेपछि अहिले ३१ वर्षीय लिम्बूले गाउँमा परिवारसँगै बसेर व्यावसायिक गाईपालन गरीरहनुभएको छ । उहाँले ‘याङहिङबाङ गाई फर्म’ चलाएर वार्षिक लाखौँ रुपैयाँ आम्दानी गरिरहनुभएको छ ।
विसं २०७२ मा खोलेको उहाँको गाई फर्ममा अहिले चारवटा उन्नत जातका दुधालु गाई छन् । “लाहुरे बन्ने धोकोले उमेरमा पढ्न सकिएनँ,” उहाँ भन्नुहुन्छ, “उमेर बितेपछि बुद्धि पलायो, स्वदेशमै बसेर पनि नाम र दाम दुवै कमाउन सकिने रहेछ ।”
उन्नति परियोजनाले म्याङलुङमा चलाएको गाईपालनसम्बन्धी तालीममा सहभागी भएपछि आफूलाई व्यावसायिक गाईपालन गर्ने प्रेरणा मिलेको उहाँ बताउनुहुन्छ । लिम्बूले शुरुमा इलामबाट पाँचवटा गाई ल्याएर फर्म खोल्नुभएको थियो । उहाँको अलैँची खेती पनि छ ।
गाई फर्मका लागि शुरुमा करिब रु १० लाख लगानी गरेको उहाँले बताउनुभयो । “फर्म दर्ता गरेपछि कृषि विकास बैंकले रु पाँच लाख ऋण दियो, बाँकी अलैँची बेचेर लगानी गरेँ,” लिम्बूले भन्नुभयो । अहिले गाईका लागि उन्नत जातको घाँसको खेती पनि उहाँ आफैँले लगाउनुभएको छ । उन्नत जातको घाँसको खेती गाउँमा थोरैको मात्र छ । उहाँले घाँसको बीउ पनि उत्पादन गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले घाँसको बीउबाट मनग्य आम्दानी हुन थालेको छ ।”
गोरखा, तनहँु र चितवनसम्म पुगेर उन्नत जातका घाँसको बीउ संकलन गरेको उहाँले बताउनुभयो । लिम्बूले संकलन गरेको घाँसको बीउ अहिले गाउँमा लोकप्रिय छ । सबैले उहाँकैबाट घाँसको बीउ खरिद गर्छन् । उहाँको फर्मबाट अहिले दैनिक ४० लिटर दूध बिक्री हुन्छ । दूधबाट मासिक रु ५० हजारभन्दा बढी आम्दानी हुने गरेको लिम्बुले बताउनुभयो ।
लिम्बूले उत्पादन गरेको दूध गाउँमा खुलेको तीनजुरे दुग्ध उत्पादक सहकारी संस्थाले खरिद गर्ने गरेको छ । यस वर्ष घाँसको बीउ बेचेर उहाँले रु १० लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । फर्मका लागि आवश्यक सामग्री ओसारपसार र दूध ढुवानीका लागि समस्या भएपछि अहिले उहाँले गाईफर्मकै आम्दानीबाट किस्तामा रु २२ लाखको गाडीसमेत किन्नुभएको छ ।
“गाडीबाट मासिक रु ७० हजारभन्दा बढी आम्दानी भइरहेको छ,” उहाँले बताउनुभयो । गाई फर्मदेखि घाँस खेती र दूध ढुवानी गर्न लिम्बू आफैँ खटिनुहुन्छ । गाई फर्म, अलैँची खेती, घाँस र गाडीबाट गरी यस वर्षमात्रै उहाँले रु २४ लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । “अहिले त राम्रै कमाइ भइरहेको छ, बैंकको ऋण पनि घट्दो क्रममा छ,” लिम्बूले भन्नुभयो– “त्यही आम्दानीबाट परिवारको सबै खर्च र घरखर्चसमेत चलाउनु पर्छ ।”
सबै खर्च कटाएर लिम्बूले मासिक रु एक लाखभन्दा बढी आम्दानी गरिरहनुभएको छ । “मेहनत गरे स्वदेशमै मनग्य कमाइ गर्न सकिने रहेछ,” लिम्बूले भन्नुभयो । जिल्लामा सफल र नमूना युवा व्यावसायिक कृषकको रुपमा परिचय बनाउनुभएका लिम्बू अहिले आफ्नो जातिको लोक संस्कृति संरक्षण र उत्थानमा समेत लाग्नुभएको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...













