प्रहरीले चितामा जलाउनै लागिएको महिलाको शव बरामद गर्याे
रौतहट, ६ चैत । प्रहरीले एक चितामा जलाउनै लागिएको महिलाको शव बरामद गरेको छ ।
श्रीमान्को कुुटाइबाट मृत्युु भएकी महिलाको शवका साथै दुई बोतल पेट्रोल र पाँच किलो चिनीका साथ जलाउन गएका चार आफन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महिलाका श्रीमान् कटहरिया नगरपालिका–५ का ३५ वर्षीय विजय साह सोनार घटनालगत्तै गए रातिदेखि फरार रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलका अनुुसार अभियुक्त सोनार र उनकी श्रीमती ३५ वर्षीया राजकुुमारी देवीबीच घरायसी विवादमा गए राति झगडा भएको थियो ।
झगडाका क्रममा अभियुुक्तको कुुटाइबाट मृत्युु भएकी राजकुुमारीलाई आज बिहान मृतकका दुुईभाइ र अभियुुक्तका भाइभाञ्जाले लालबकैया किनारमा जलाउन लागेका थिए ।
सूचनाका आधारमा उक्त स्थानमा इलाका प्रहरी कार्यालय कटहरियाबाट गएको टोलीले चिहानमा जलाउनै लागेको शव बरामद गरेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिनुभयो ।
मृतकको घाँटीमा नीलो डाम देखिएकाले घाँटी थिचेर मारेको आशङ्का प्रहरीले गरेको छ । मृतकका भाइ पर्ने कटहरिया–५ का भन्टुु साह र भाञ्जा पर्ने कटहरिया–५ का रामबालक साह तथा मृतकका भाइ रौतहट राजदेवी गाउँपालिका–३ का राजकिशोर साह र सुुरेश साह पक्राउ परेका छन् । घटनापछि फरार अभियुुक्तको सल्लाहमा आफन्तले शव जलाउन लगेको र माइती पक्षलाई खबर गर्दा भाइ पर्ने दुुवै जना बिहान आएर सीधै शव जलाउने ठाउँमा पुुगेको प्रत्यक्षदर्शी स्थानीयवासीले बताएका छन् ।
स्काभेटरमा आगजनी
बाटो निर्माणमा खटिरहेको सडक डिभिजन कार्यालय रौतहटको स्काभेटरमा गए राति आगजनी गरिएको छ । आगजनीबाट स्काभेटरको अधिकांश भाग जलेको प्रहरीले जनाएको छ । झाँझपुल कटहरिया सडकखण्ड छेउमा गरुडादेखि कटहरियासम्म सीधा जोड्न खनिएको नयाँ मार्गमा राखिएको स्काभेटर महमदपुर लक्ष्मीपुरका बीचमा गए राति अज्ञात समूहले पेट्रोल छर्केर आगजनी गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामकुमार दानीले जानकारी दिनुुभयो ।
आगो स्थानीयवासी र प्रहरीले दमकलको सहयोगमा नियन्त्रणमा लिएका थिए । आगलागीमा संलग्न रहेको आशंकामा गरुडा नगरपालिका, लक्ष्मीपुरका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












