जंगली जनावरका कारण खेतबारी बाझै राख्नु पर्ने अवस्था अाउन थाल्याे
अछाम, ६ चैत । जंगली जनाबरले खेतबारीमा लगाएको अन्नबाली र तरकारी बाली खाएर नष्ट गर्न थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् ।
समयमै पानी नपर्नाले र सिँचाइको सुविधा नहँुदा बाँझै रहेका जग्गा पछिल्लो समय जेनतेन गरी खेतबारीमा लगाएको अन्न र तरकारी बाली जंगली जनावर बाँदर र बँदेलले नष्ट गर्न थालेपछि कतिपय किसानहरुले खेती गर्न छोडेका छन् ।
जंगली जनावरका कारण खेतबारी बाझै राख्नुपर्ने अवस्था आउन थालेको साफेबगर नगरपालिका–१० घुघुरकोटका स्थानीय कुलराज भट्टले बताउनुभयो । “एक हजारको बथानमा आउने बाँदरको समूहले गहुँबाली खाइसक्यो उहाँले दुःखेसो पोख्नुभयो—“आफूले खान नपाएपछि किन बाँदर र बँदेलको लागि खेती लगाउनु ? दःुख गरेजति उत्पादन हँुदैन त्यसमा पनि जंगली जनाबरले खाएर हैरान पारेको छ ।” सबै काम छोडेर बाँदर भगाउने काममा जुटेका छन् स्थानीयवासी ।
बान्नीगढ जयगढ गाउँपालिका–१ गाज्राका नरबहादुर खड्का पनि बँदेलदेखि हैरान हुनुभएको छ । उहाँले भन्नुभयो– “बँदेलले गाउँलेले बारीमा लगाएको गहुँ र तरकारी एउटा पनि राखेन । एक त समयमै पानी नपर्नाले हामीले मार खेप्नु परेको छ भने अर्काेतिर दःुख गरेर लगाएको खेतीसमेत बँदेलले आएर खान थाल्यो ।” साफेबगर नगरपालिका– ३ कि मंगलादेवी कुँवरले बँदेल भगाउन रातभरी जाग्राराम बस्दा पनि बारीमा लगाएको मकै जोगाउन सक्नुभएन । गाउँ नजिकैको सामुदायिक वन पाल्न थालेपछि जंगली जनावरको विगविगी बढ्न थालेको उहाँले बताउनुभयो ।
नगर प्रमुख कुलबहादुर कुँवरले जँगली जनावरले पारेको समस्याका बारेमा आफू कहाँ धेरै गुनासो आउने गरेको बताउनुभयो । यहाँका स्थानीय कृषक जँगली जनावरबाट निकै पीडित बनेका छन् । “म कहाँ धेरै गुनासो आएको छ कुवँरले भन्नुभयो सिँचाइको अभाव, जलवायु परिवर्तनका कारण उत्पादनमा कमी, परम्परागत कृषि प्रणाली र बसाइँसराइका कारण पनि खेतीयोग्य जमिन बाझै रहेका छन् त्यसमाथि बँदेल बाँदरको आतंकले थप समस्या सिर्जना गरेको छ । रासस
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...













