दैनिक १ केजी फोहोरबाट घरमै मासिक एक सिलिण्डर ग्यास
काठमाडौं,६ चैत । कुहिने र नकुहिने फोहोर नछुट्याइ राख्नाले संकलकलाई समेत छुट्याएर ‘ल्याण्डफिल साइट’सम्म पुर्याउन ठूलै सकस झेल्नुपर्छ।
तर अहिले प्रविधिको विकासले फोहोरलाई व्यवस्थापन गर्न मात्र नभइ आफ्नो परिवारलाई पुग्ने खाना पकाउने ग्यास घरमै उत्सर्जन समेत गर्न सकिने भएको छ।
‘अल्टरनेटिभ बायो प्लान्ट’ले कुहिने फोहोरबाट एक परिवार तथा ठूला व्यवसाय समेतलाई पुग्ने गरी घरमै बायो ग्यास उत्पादन गर्न सकिने प्रविधि निमार्ण सुरु गरेको छ।
पोखरामा रहेको यस कम्पनीले करिब डेढ वर्षअघि देखि यस्तो प्लान्टको स्थापना गरी निमार्ण परिक्षण गर्दै आएको थियो। यसैको प्रतिफल स्वरुप केहि महिनाबाट यसले व्यवसायिक उत्पादन सुरु गरेको छ।
विकसित देशहरुमा यसको व्यापक प्रयोग हुने भएता पनि नेपालमा भने हालै मात्र यस प्रविधिको निमार्ण सुरुवात सो कम्पनीले गरेको दाबी गरेको छ।
तर यसमा अन्य बायो ग्यासको जस्तो पूर्वाधार बनाउने झन्झट गर्नु नपर्ने कम्पनीले जनाएको छ। उसका अनुसार एउटा मेसिन निश्चित ठाउँमा जडान गरेर आवश्यक प्राविधिक कार्य पुरा गरेसँगै त्यसले स्वतःरुपमा ग्यास उत्सर्जन सुरु गर्नेछ।
कुहिने फोहोरबाट खाना पकाउने ग्यास उत्सर्जन गर्ने यस मेसिनलाई ‘अर्बन बायो ग्यास प्लान्ट’ नाम दिइएको छ।
यस प्लान्टको निर्माता कम्पनीसँग प्रविधि खरिद गरिएको भए पनि यसको सम्पूर्ण निमार्ण भने नेपालमै गरिने कम्पनीका प्रमूख शेशन शाक्यले बताए।
शाक्यका अनुसार मेसिनको प्रयोगले दैनिक भान्साबाट निस्कने कुहिने फोहोरबाट ग्यास उत्सर्जनका साथै अर्गानिक मल पनि उत्पादन गर्छ। यसका लागि फोहोर र पानीको मिश्रणलाई मेसिनमा हाल्नुपर्छ।
ग्यास निकाल्नको लागि मेसिनमा दैनिक एक केजी कुहिने फोहोर हाल्नुपर्ने हुन्छ। खेर गएको खाना, तरकारी, माछामासु, कुखराको हड्डी तथा सुली, फलफूलका बोक्रा लगायतका फोहोर हाल्न सकिन्छ।
‘यदि तपाईंले एक केजी फोहोर हाल्नुभयो भने सोही मात्रामा पानी हाल्नुपर्ने हुन्छ। पानी, फोहोर र ब्याक्टेरियाको समिकरणबाट मिथेन ग्यास उत्पादन हुन्छ’, शाक्यले भने।
शाक्यले ६ लिटर फोहोर र पानीको मिश्रणबाट १।६ क्युबिक मिटर ग्यास उत्सर्जन हुने बताए। यसको अनुपातलाई मासिक रुपमा हिसाब गर्दा हाल प्रयोग हुने ‘एलपि ग्यास’ १४।२ केजी भन्दा बढी उत्सर्जन हुने शाक्यको दाबी छ।
यसको प्रयोग गर्ने हो भने एउटा परिवारले एलपि सिलिण्डर किन्नुपर्ने आवश्यक्ता रहँदैन्।’ यो वातावरणमैत्री हुने भएकाले कुनै पनि वातावरणीय असर नपर्ने शाक्यले बताए।
त्यस्तै यस मेसिनमा हालिएको फोहोर र पानीले ग्यास मात्र हैन अर्गानिक मल समेत उत्पादन गर्छ।
मेसिनमा हालिएको फोहोरको प्रकृति हेरेर मासिक ५० हजार केजी मध्येबाट १० देखि १५ केजी अर्गानिक मल उत्पादन हुन्छ।
यो पुरै प्लान्टलाई ‘डाइजेस्टर’ भनिन्छ। यसलाई दुई खण्डमा विभाजित गरिएको छ। तल्लो भागमा मेसिनरी वस्तु फिट गरिएको छ भने माथिल्लोमा ग्यास च्याम्बर छ।
जति धेरै ग्यास उत्पादन हुन्छ, च्याम्बर बढ्दै जान्छ।एलपि सिलिण्डर झैं च्याम्बरमा पाइप जोडएको हुन्छ र त्यसले चुलोसम्म ग्यास पुर्याउँछ।
कम्पनीले १ र १३ क्युबिक मिटर गरी दुई वटा साइज क्षमताका मेसिन निमार्ण गर्दै आएको छ। १ क्युबिक मिटर साइजको ग्यास घरेलु प्रयोगका लागि बनाइएको हो भने १३ व्यवसायिक प्रयोजनका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ।
६ जनासम्म सदस्य भएका परिवारलाई उपयुक्त हुने १ क्युबिक मिटरको मेसिनको मूल्य ६० हजार रहेको छ।
यो मेसिन खरिद गर्दा सरकारले अनुदान स्वरुप १० हजार रुपैयाँ प्रदान गर्ने र ग्राहकले ५० हजार रुपैयाँमा आफ्नो बनाउन सक्ने कम्पनीले जनाएको छ।
इच्छुक ग्राहकलाई एकैचोटी ५० हजार लगानी गर्न गाह्रो पर्छ भने आवश्यक्ता अनुसार शुन्य डाउनपेमेन्ट र ३ वर्षभित्रमा बुझाइसक्ने गरी मासिक १४७० रुपैयाँ तिर्ने गरि किस्ताबन्दीमा मेसिन किन्न सकिने व्यवस्था समेत कम्पनीले मिलाएको शाक्यले बताए।
१३ क्युबिक मिटर साइजले मासिक १५ वटा सिलिण्डर बराबर ग्यास उत्सर्जन गर्छ भने यसका लागि फाहोर समेत सोही अनुपातमा आवश्यक पर्छ।
दैनिक एक सय जनालाई खाना वा खाजा तयार पार्ने होटल, रेष्टुरेन्टलाई यो साइजको मेसिन उपयुक्त हुने शाक्यले बताए। यसको मूल्य ५ लाख ५० हजार रुपैयाँ रहेको छ। यसमा सरकारले २ लाख २० हजार अनुदान दिन्छ भने ग्राहकले ३ लाख ३० हजार तिर्नुपर्ने हुन्छ।
शाक्यका अनुसार दुबै साइजका मेसिनको खरिदमा डेलीभरी तथा जडान शूल्क लाग्दैन। सबै आवश्यक कागजपत्र पुरा गरेर कम्पनी स्वंयले अनुदान दिलाउने व्यवस्था गरेको छ। यसका लागि वैकल्पिक उर्जा प्रवर्धन केन्द्रले अनुदान प्रदान गर्छ।
प्लान्टको आयु २५ वर्ष रहेको जनाइएको छ। यस्तै मेसिन बिग्रिएको खण्डमा ५ वर्षसम्मको वारेन्टी कम्पनीले दिएको जनाएको छ। तर ५ वर्षछि केहि बिग्रिएको खण्डमा भने शूल्क तिर्नुपर्ने हुन्छ।
यसको पहुँचको लागि काठमाडौं उपत्यका भित्र दुई वटा तथा बाहिर २१ वटा डिलर रहेका छन्।
ठूलो धनराशी ग्यास लगायतको इन्धन आयातमा खर्च भइरहेको तथा संसारबाट यो सकिँदै गएको अवस्थामा खेर जाने फोहोरबाट देशमै ग्यास उत्पादनको गर्न वायोमैत्री मेसिनको प्रयोगको अपरिहार्य रहको शाक्यले बताए।
शाक्यले नेपालमा यस प्रविधिको बारेमा पर्याप्त ज्ञान तथा उपलब्धता नहुदा प्रयोग बढ्न नसकेको दाबी गरे।
उनले विदेशी मुलुकमा इन्धनको प्रयोग घटाउन यस्ता प्रविधिलाई प्राथमिकतामा राखिएको र नेपालमा पनि सरकारले यसको प्रयोगमा प्रोत्साहन गर्न अनुदान दिएको छ। तर पर्याप्त ज्ञान र सहज उपलब्ध नहुँदा धेरै मानिस यसबारे अनविज्ञ रहेको बताए।
शाक्यले संसारबाट पेट्रोलियम पदार्थ सकिँदै गएको तथा विश्वका धेरै देशहरुमा वैकल्पिक उर्जाका रुपमा विद्युतिय साधन तथा वस्तुको प्रयोग बढाउँदै लगेको भन्दै सरकारले यसबारेमा स्पष्ट निति बनाउनुपर्ने बेला आइसकेको समेत बताए।
उनले सरकाले एलपि ग्यासमा सहुलियत बन्द गरेर वैकल्पिक उर्जा प्रवद्धनमा अनुदान बढाउनुपर्ने सुझाव दिए।
नेपाल आयल निगमको अनुसार गत आर्थिक वर्षमा १ खर्ब ५० अर्ब रुपैयाँ भन्दा बढी रकम पेट्रोलियम पदार्थको आयातमै खर्च भएको छ। यसमध्ये खाना पकाउने एलपि ग्यासको आयातमा मात्र करिब २० अर्ब रुपैयाँ बाहिरिएको थियो।
निगमको तथ्यांक अनुसार गत आर्थिक वर्षमा १९ अर्ब ४८ करोड रुपैयाँ एलपि ग्यास आयातमा खर्च भएको छ।
इन्धन आयातको बढ्दो दरलाई कम गर्न सरकाले वैकल्पिक उर्जाको प्रयोगलााई अभियानकै रुपमा अघि बढाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन्।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












