चीनले यसवर्ष १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्ने
बेइजिङ, ६ चैत । चीन सरकारले यसवर्ष करिब १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्ने जनाएको छ ।
मङ्गलबार बेइजिङमा आयोजित एक पत्रकार सम्मेलनमा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ्ले सो जानकारी दिनुभएको हो ।
उहाँले चीनले सन् २०१८ मा १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्नेछ र यी रोजगारीहरु चीनको सहरी क्षेत्रमा सिर्जना गरिनेछ भन्नुभयो । प्रधानमन्त्री खछ्याङ्ले हामीले सुरुमा १ करोड १० लाख नयाँ रोजगारी सिर्जनागर्ने लक्ष्य बनाएका थियौँ, तर अब यसमा सरकारले गम्भीर रुपमा काम गर्नेछ र जसका कारण १ करोड ३० लाख नै नयाँ रोजगारी सिर्जना हुनेछ ।
उहाँले गएको पाँच वर्षमा चीन सरकारले देशमा ६ करोड ६० लाख नयाँ रोजगारीहरु सिर्जना भएको पनि जानकारी गराउनुभयो । रोजगारी कुनै व्यक्ति वा परिवारका लागि मात्र महत्वपूर्ण नभई सरकार र देशका लागि पनि हो भन्दै प्रधानमन्त्री खछ्याङले देशमा नयाँ नयाँ रोजगारी सिर्जना गर्नका लागि सरकारले निकै मेहनेतका साथ काम गरिरहेको जानकारी दिनुभयो ।
यसवर्ष गाउँबाट सहरमा आउने करिब ३० लाख मानिसले रोजगारी खोज्ने पनि जानकारी उहाँले दिनुभयो । त्यसैले पनि सरकार ती क्षेत्रमा रोजगारीका लागि काम गरिरहेको छ– उहाँले भन्नुभयो । चीनको सहरी क्षेत्रमा ग्रामीण क्षेत्रबाट रोजगारीका लागि आउने आप्रवासी कामदारहरुकोे संख्या २८ करोड रहेको छ ।
उनीहरुले चिनियाँ सहरी क्षेत्रमा आवश्यक कामदारहरुको खाँचो टार्नेमात्र नभएर देशको अर्थतन्त्रमा पनि ठूलो योगदान पु¥याएको अनुमान सरकारको छ । ती सबै आप्रवासी कामदारहरुको माग सम्बोधन गर्न सरकार गम्भीर रहेको र त्यसका लागि काम गरिरहेको जानकारी उहाँले दिनुभयो ।
प्रधानमन्त्री खछ्याङ्ले यसवर्ष कलेजका करिब ८२ लाख विद्यार्थी पनि रोजगारीका लागि सहर प्रवेश गर्ने अनुमान गरिएको जानकारी दिनुभयो ।
सरकारले सिर्जना गरेको यस नयाँ रोजगारीले उनीहरुका लागि काम गर्ने प्रधानमन्त्रीले बताउनुभयो । (रासस÷सिन्ह्वा)
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...













