दलित समुदायबाटै राष्ट्रपति र प्रधामन्त्री बनाउने मन थियो ः प्रचण्ड

काठमाडौं ७ चैत। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलित समुदायकै व्यक्तिलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने मन भए पनि सफल हुन नसकेको बताउनु भएको छ ।
५३ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको कार्यक्रममा उनले जनयुद्धका बेला दलितलाई जनसरकार प्रमुख बनाएजस्तै सिंहदरबारको पनि प्रमुख बनाउने मन भए पनि वाध्यतावश सम्झौता गर्नुपरेको बताएका हुन् ।
प्रचण्डले भने ‘मेरो इच्छा भन्नुहुन्छ भने मलाई सम्झौता गर्न मनै थिएन । पुरै दलितलाई शासक बनाएर काठमाडौंमा ल्याएर राख्न मन थियो’ जसरी जनयुद्धमा गाउँगाउँमा आधार इलाका र जनसत्तामा दलितलाई प्रमुख बनाउँदा गर्व गथ्र्यौं । सिंहदरबारमा ल्याएर दलितलाई नै राष्ट्रपति र प्रधानमन्त्री बनाउने इच्छा थियो ।’
तर यसो गर्दा प्राप्त उपलब्धी पनि गुम्ने खतरा देखेपछि सम्झौता गरेको प्रचण्डले जिकिर गरे । ‘तर यसरी लागेको लाग्यैं गर्दा सबै सिद्धिने खतरा देखेँ । विद्रोह र क्रान्ति नराम्रोसँग पतन हुने खतरा देखेँ’ उनले भने ।
प्रचण्डले श्रीलंका, पेरु, बर्मा र ल्याटिन अमेरिकी देशको प्रसंग झिक्दै क्रान्तिको उपलब्धी सबै गुम्ने र क्रान्ति नै पतन हुने स्थिति आउन नदिन सम्झौता गरेको बताए ।‘ल्याटिन अमेरिका हेरे पनि हुन्छ, अफ्रिकामा हेरे पनि हुन्छ, समाजवादी सत्ताहरु कसरी पतन भए रु बलिदानै नगरी पुँजीपतिले खोसिदिए’ प्रचण्डले भने ‘मुक्तिको लडाई लड्दै गर्दा हामीले देखेका कयौं देशमा न कम्युनिष्ट पार्टी, न क्रान्ति न बलिदान, सबै जिरोमा गयो ।’
प्रचण्डले आफूले उपलब्धी जोगाउन क्रान्तिलाई सम्झौतामा टुंग्याएको दावी गर्दै पार्टीभित्रकै वुद्धिजीविहरुले बुझ्न नसकेको आरोप लगाएका छन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












